4 years ago
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाए । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री बेलबासेले ५५ बलमा ६ चौका सहित ५५ रनको योगदान दिइन् । प
हिलो ओभरको पहिलो बलमा ओपनर काजल श्रेष्ठलाई युवा तीव्र गतीकी बलर कृष्मा गुरुङले आरतीबाट शून्यमा क्याच आउट गराएकी थिइन् । आठौं ओभरको पाँचौ बलमा स्पिनर रोमा थापालाई स्पिनर निशा तामाङले ४ रनमा एलबिडब्लू आउट गर्दै टोलीलाई तेस्रो सफलता दिलाएकी थिइन् ।
१६ औं ओभरमा कप्तान रुविना र युवा ब्याटर लाखिता राजवंशी आउट भएपछि बागमती खेलमा फर्केको थियो । दोस्रो बलमा रुविना सुमन खतिवाडा र पाँचौ बलमा निशाबाट लाखितालाई ४ रनमा क्याच गराएपछि बागमती खेलमा फर्किएको थियो ।
अप्सरी बेगम १३ बलमा १ छक्का सहित १६ रनमा अविजित रहिन् । जुन छक्का जारी प्रतियोगिताको पहिलो छक्का समेत हो । निग्मा तामाङ ५ रनमा अविजित रहिन् । स्पिनर आरती बिडारीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । निग्मा तामाङ, अस्मिना कर्माचार्य र कृष्मा गुरुङले १–१ विकेट लिइन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]