4 years ago
December 29, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई १ सय ८ रनको मध्यम लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९.३ ओभरमा १ सय ७ रनमा अल आउट भएको छ । सुदूरपश्चिमकी ओपनर रेवती धामीले ३६ बलमा २ चौका सहित सर्वाधिक २७ रनको योगदान दिइन् ।
चौथो ओभरको दोस्रो बलमा सृष्टि पौडेलले ओपनर मन्जु बोगटीलाई १० रनमा बोल्ड आउट गरेकी थिइन् । मन्जुले १४ बलमा १ चौका प्रहार गरिन् । छैटौं ओभरको तेस्रो बलमा स्पिनर एलिसा लामिछानेको बलमा ठूलो सट खेल्नेक्रममा कविता कुवँरलाई ७ रनमा सिमाना केसीबाट क्याच आउट हुन पुगेकी थिइन् ।
आठौं ओभरको अन्तिम बलमा डली भट्ट एलिसा लामिछानेको बलमा २ रनमा कट एण्ड बोल्ड आउट भएपछि सुदूरपश्चिम केहि समस्यामा परेको थियो । १४ औं ओभरको अन्तिम बलमा ज्योत्स्निका मरासैनीले रेवतीलाई विकेटकिपर सोनिया थापाबाट क्याच आउट भएपछि ठूलो योगफल टाढिएको थियो
। अन्जली विश्वकर्माले कप्तान विन्दु रावललाई १३ रनमा बोल्ड आउट गरेकी थिइन् । रुवि पोदार पनि ५ रनमा आउट हुँदा ऋतु कनोजिया ७ रनमा अविजित रहिन् ।
स्पिनर एलिसा लामिछानेले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । तीव्र गतिकी बलर सृष्टि पौडेलले ३।३ ओभरमा १६ रन खर्चिदै ३ विकेट लिइन् । ज्योत्स्निका मरासैनी, अन्जली विश्वकर्मा, कुसुम गोदर ले समान १ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]