default_image

4 years ago

December 28, 2020

कोहलीलाई ‘क्रिकेटर अफ द डिकेड’ अवार्ड

82 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सर गारफिल्ड सोबर्स अवार्ड अफ आइसीसी क्रिकेटर अफ द डिकेड जितेका छन् ।

कोहलीले पछिल्लो एक दशकमा २० हजार ३ सय ९६ अन्तर्राष्ट्रिय रन बनाएका थिए । जसमा ६६ शतक र ९४ अर्ध शतक सामेल छ । कोहली सन् २०११ मा भारतले एक दिवसिय विश्वकप जित्दा टोलीका सदस्य थिए ।

कोहली ओडिआई क्रिकेटर अफ द डिकेड अवार्ड पनि जितेका छन् । कोहलीले पछिल्लो एक दशका ओडिआईमा १० हजार भन्दा बढी रन बनाउने एक मात्र खेलाडी हुन् । जसक्रममा ३९ शतक र ४८ अर्ध शतक प्रहार गरेका थिए ।

अष्ट्रेलिया ब्याट्सम्यान स्टिभ स्म्थिले टेष्ट क्रिकेटर अफ द डिकेड अवार्ड जितेका छन् । स्मिथले पछिल्लो एक दशकमा टेष्टमा ७ हजार ४० रन बनाएका थिए । जसमा २६ शतक र २८ अर्ध शतक सामेल थियो । अफगानिस्ताका स्पिनर राशिद खानले टि२० क्रिकेटर अफ द डिकेड अवार्ड जितेका छन् ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई स्पिरिट अफ आइसीसी क्रिकेटर अवार्ड जितेका छन् । धोनीले सन् २०११ मा इयान बेलको रनआउटको क्रममा लिएको निर्णयलाई आधार मान्दै धोनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.