4 years ago
December 28, 2020
एजेन्सी – भारतसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलिाय हार तर्फअघि बढेको छ । तेस्रो दिनको समाप्तिमा दोस्रो इनिङमा २ रनको सामान्य अग्रता लिँदा अष्ट्रेलिया ६६ ओभरमा १३३–६ को कमजोर अवस्थामा छ ।
अष्ट्रेलियाका क्यामरन ग्रिन १७ र प्याट कमिन्स १५ रनमा अविजित छन् । अष्ट्रेलियालाई अव कमिन्स र ग्रिन साझेदारीमा निर्भर रहने छ । कमजोर प्रर्दशन गरिरहेका ओपनर जो बन्र्सलाई दोस्रो इनिङमा पनि उमेश यादवको बलमा ४ रनमा ऋषभ पन्तबाट क्याच आउट गराए । मार्नस लाबुसेन ४९ बलमा १ चौका प्रहार गर्दै २८ रनमा क्याच आउट हुन पुगे ।
३३ औं ओभरमा जस्प्रित बुमराहले स्टिभ स्मिथलाई ८ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया समस्यामा परेको थियो । ओपनर म्याथ्यु वेडलाई स्पिनर रविन्द्र जडेजाले ४० रनमा एलबिडब्लू आउट गरे । वेडले १ सय ३७ बलमा ३ चौका प्रहार गरे । ट्रविस हेड १७ र कप्तान टिम पेइन १ रनमा क्याच आउट भएपछि अष्ट्रेलिया हारतर्फ अघि बढेको छ । भारतका रविन्द्र जडेजाले २, रविचन्द्रन आश्विन, मोहम्मद सिराज, उमेश यादव र जस्प्रित बुमराहले १–१ विकेट लिएका छन् ।
भारत पहिलो इनिङमा ११५.१ ओभरमा ३ सय २६ रनमा अल आउट हुँदै १ सय ३१ रनको अग्रता लिएको थियो । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय १२ रनको योगदान दिए । रन आउट हुनुअघि रहानेले २ सय २३ बलमा १२ चौका प्रहार गरेका छन् । रहानेको यो टेष्ट करिअरको १२ औं टेष्ट शतक हो । छैटौं विकेटका लागि रहाने र जडेजाले १ सय २१ रनको अविजित शतकीय साझेदारी गरेका थिए । जडेजाले १ सय ५९ बलमा ३ चौका सहित ५७ रनको योगदान दिए ।
ओपनर मयंक अग्रवाल शून्यमा आउट भएपनि सुभमन गिलले राम्रो सुरुवात दिलाए । भारतका लागि टेष्टमा डेब्यू खेल खेलि रहेका गिलले ६५ बलमा ८ चौका सहित ४५ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । गिललाई प्याट कमिन्सले कप्तान टिम पेइनबाट क्याच आउट गराए । चेतेश्वर पुजरा भने १७ रनमा क्याच आउट हुन पुगे । कमिन्सले उनलाई पेइनबाटै क्याच आउट गराएका थिए ।
हनुमा विहारी २१ र ऋषभ पन्तलाई २९ रनमा आउट गर्दै अष्ट्रेलियाले खेलमा पकड जमाउन खोजेको थियो । तर रहाने र जडेजाले भारतलाई सम्हाल्दै इनिङमा अग्रता बढाएका छन् । अष्ट्रेलिया मिचेल स्टार्क र नाथन लायनले ३-३ विकेट लिए । प्याट कमिन्सले २ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ७२.३ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया मार्नस लाबुसेनले १ सय ३२ बलमा ४ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
ओपनर जो बर्न्सलाई जस्प्रित बुमराहले विकेटकिपर ऋषभ पन्तबाट शून्यमा क्याच आउट गराएका थिए । स्पिनर रविचन्द्रन आश्विनले म्याथ्यु वेडलाई ३० र प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई शून्यमा क्याच आउट गरेपछि अष्ट्रेलियाले संघर्ष गरेको थियो । ट्राभिस हेड ३८, क्यामरन ग्रिन १२, टिम पेइन १३ र नाथन लायनले २० रनको योगदान दिए ।
अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । भारतका जस्प्रित बुमराहले ४ र रविचन्द्रन आश्विनले ३ विकेट लिए । डेब्यू टेष्ट खेल खेलि रहेका मोहम्मद सिराजले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]