default_image

4 years ago

December 28, 2020

कर्णालीको २० ओभरमा २२ रन

92 views

0 Bookmark

दाङ (हाम्रो हाम्रो खेलकुद) – महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगितामा आफ्नो समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेश नम्बर २ सँग १ सय ४३ रनले पराजित भएको छ । कर्णाली तीनै खेलमा फराकिलो हार बेहोर्दै समूह ए बाट पुछारमा रहँदै बाहिरियो ।

जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाउँदै २२ रन बनायो । एक समय ११.३ ओभरमा १९–९ को अवस्थामा रहेको कर्णालीलाई आयुशा टन्डन र दीपा रानाले अन्तिम ओभर सम्म लगेर गएका थिए । दीपा २५ बल खेल्दै १ रनमा अविजित रहिन् । आयुशा ३८ बलमा ४ रनमा अविजित रहिन् । अन्तिम विकेटका लागि दीया र आयुशाले ५१ बल खेल्दै ३ रन जोडेका थिए ।

कर्णालीकी ओपनर तृसना विश्वकर्माले सर्वाधिक ७ रन बनाइन् । कर्णालीका ६ ब्याटरले खाता खोल्न सकेनन् । मोनिका राना, लक्ष्मी रिमाल, अन्जु गुरुङ, सुजिता बोगटी, निशा पराजुली, स्वेता थापा शून्यमा आउट भएका थिए । दीक्षा पुरी २ र अन्शु शाक्य १ रनमा आउट भइन् ।

प्रदेश २ की कप्तान सरस्वती कुमारीले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर ३ विकेट लिइन् । कविता गौतमले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर ३ विकेट लिइन् । आरती चौधरी र सन्तोषी चौधरीले १–१ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनाएका थिए । प्रदेश २ की ओपनर अनुराधा चौधरी ६० बलमा ६ चौका सहित ६९ रनमा अविजित रहिन् । जारी प्रतियोगिताको दोस्रो अर्ध शतक हो । पहिलो अर्धशतक कर्णालीविरुद्ध एपिएफकी कप्तान सीता रानमगरले प्रहार गरेकी थिइन् ।

अनुराधाले ४९ बलमा अर्ध शतक प्रहार गरेकी थिइन् । अनुराधाले १७ औं ओभरको चौथो बलमा सुजिता बोगटीलाई चौका प्रहार गर्दै अर्ध शतक प्रहार गरेकी थिइन् । विमला मगर २५ बलमा ३ चौका सहित २१ रनमा बोल्ड आउट भइन् । कविता गौतम २ रनमा अविजित रहिन् ।

ओपनर शोभा आले २४ बलमा २ चौका सहित २३ रनमा एलबिडब्लू आउट भइन् । सन्तोषी चौधरीले १८ बल खेल्दै ८ रनमा क्याच आउट हुन पुगिन् । पहिलो विकेटका लागि शोभा र अनुराधाले ७।२ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निशा पराजुलीले शोभालाई एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् ।

१२ औं ओभरको अन्तिम बलमा पराजुलीले अन्जु गुरुङबाट सन्तोषीलाई क्याच आउट गराएकी थिइन् । अन्तिम ओभरको पाँचौ बलमा सुजिताले बिमलालाई बोल्ड गरेकी थिइन् । स्पिनर निशा पराजुलीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । मध्यगतिकी बलर सुजिता बोगटीले एक विकेट लिइन् । भर्खर क्रिकेटमा सिक्दै गरेका खेलाडीको बाहुल्यता भएको कर्णालीका बलरले एक्स्ट्रास्वरुप ४३ रन दिएका थिए । जसमा ३० वाइड सामेल थियो ।

कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो । पहिलो खेलमा एपिएफविरुद्ध २ सय ३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली १४.१ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।

प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग ९ र एपिएएफसँग ८ विकेटले पराजित भएको थियो । समूह ए बाट एपिएफ र लुम्बिनी सेमिफाइनलमा पुगेका छन् ।

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.