4 years ago
December 28, 2020
दाङ (हाम्रो हाम्रो खेलकुद) – ओपनर अनुराधा चौधरीको अर्धशतकको सहयोगमा प्रदेश नम्बर २ ले महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगितामा आफ्नो समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनाए । प्रदेश २ की ओपनर अनुराधा चौधरी ६० बलमा ६ चौका सहित ६९ रनमा अविजित रहिन् । जारी प्रतियोगिताको दोस्रो अर्ध शतक हो । पहिलो अर्धशतक कर्णालीविरुद्ध एपिएफकी कप्तान सीता रानमगरले प्रहार गरेकी थिइन् ।
अनुराधाले ४९ बलमा अर्ध शतक प्रहार गरेकी थिइन् । अनुराधाले १७ औं ओभरको चौथो बलमा सुजिता बोगटीलाई चौका प्रहार गर्दै अर्ध शतक प्रहार गरेकी थिइन् । विमला मगर २५ बलमा ३ चौका सहित २१ रनमा बोल्ड आउट भइन् । कविता गौतम २ रनमा अविजित रहिन् ।
ओपनर शोभा आले २४ बलमा २ चौका सहित २३ रनमा एलबिडब्लू आउट भइन् । सन्तोषी चौधरीले १८ बल खेल्दै ८ रनमा क्याच आउट हुन पुगिन् । पहिलो विकेटका लागि शोभा र अनुराधाले ७.२ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निशा पराजुलीले शोभालाई एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएकी थिइन् ।
१२ औं ओभरको अन्तिम बलमा पराजुलीले अन्जु गुरुङबाट सन्तोषीलाई क्याच आउट गराएकी थिइन् । अन्तिम ओभरको पाँचौ बलमा सुजिताले बिमलालाई बोल्ड गरेकी थिइन् ।
स्पिनर निशा पराजुलीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । मध्यगतिकी बलर सुजिता बोगटीले एक विकेट लिइन् । भर्खर क्रिकेटमा सिक्दै गरेका खेलाडीको बाहुल्यता भएको कर्णालीका बलरले एक्स्ट्रास्वरुप ४३ रन दिएका थिए । जसमा ३० वाइड सामेल थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]