4 years ago
December 28, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए का सोमबार पहिला खेलमा प्रदेश २ ले कर्णाली प्रदेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
देउखुरी क्रिकेट मैदानमा प्रदेश २ की कप्तान सरस्वती चौधरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । यी दुवै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् । नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ ।
कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रन र दोस्रो खेलमा लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो । भर्खर क्रिकेट सिक्दै गरेको कर्णाली जित भन्दा पनि सिक्नतर्फ ध्यान दिने छन् । कर्णालीकी दीक्षा पुरी र अन्जु गुरुङले भने राम्रो सम्भावना देखाएका छन् ।
कमजोर ब्याटिङ गरेको कर्णाली खेलमा हार जित भन्दा पनि सिक्नमा धेरै ध्यान दिनेछ । यता सेमिफाइनलको दाबेदार प्रदेश २ पनि सुरुवाती दुबै खेलमा पराजित भएसँगै बाहिरिएको छ । अन्तिम खेलमा कर्णालीलाई फराकिलो अन्तरले हराउँदै अन्त्य गर्ने सोचमा छ । प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग ९ र एपिएएफसँग ८ विकेटले पराजित भएको थियो ।
कर्णाली प्लेइङ ११ : लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य, दीक्षा पुरी, दीपा राना, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, स्वेता थापा, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी
प्रदेश २ को प्लेइङ : सरस्वती चौधरी, (कप्तान) सोभा आले, सन्तोषी चौधरी, आर्ती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, चान्दनी अधिकारी, गोमा आले, सना प्रविन, उर्मिला चौधरी ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]