4 years ago
December 28, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए का आज अन्तिम दुई खेल हुँदैछ ।
पहिलो खेल प्रतिष्ठाको लडाई हुँदा दोस्रो खेल निकै महत्वपूर्ण हुने छ। प्रतियोगिता तेस्रो दिनको पहिलो खेलमा कर्णाली र प्रदेश २ भिड्ने छन् । यी दुवै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् । नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ । दोस्रो खेलमा अपराजित लुम्बिनी र एपिएफ भिड्दै छन् । खेल देउखुरी क्रिकेट मैदानमा हुने छ ।
कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रन र दोस्रो खेलमा लुम्बिनीसँग ९ विकेटले पराजित भएको थियो । भर्खर क्रिकेट सिक्दै गरेको कर्णाली जित भन्दा पनि सिक्नतर्फ ध्यान दिने छन् । कर्णालीकी दीक्षा पुरी र अन्जु गुरुङले भने राम्रो सम्भावना देखाएका छन् । कमजोर ब्याटिङ गरेको कर्णाली खेलमा हार जित भन्दा पनि सिक्नमा धेरै ध्यान दिनेछ । यता सेमिफाइनलको दाबेदार प्रदेश २ पनि सुरुवाती दुबै खेलमा पराजित भएसँगै बाहिरिएको छ । अन्तिम खेलमा कर्णालीलाई फराकिलो अन्तरले हराउँदै अन्त्य गर्ने सोचमा छ ।
प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग ९ र एपिएएफसँग ८ विकेटले पराजित भएको थियो । ब्याटिङमा ओपनर अनुराधा चौधरी बाहेक अन्य ब्याटरले प्रर्दशन सम्झन लायक प्रर्दशन गरेका छैनन् । कविता गौतमको सन्तोकजनक प्रर्दशन छ ।
दोस्रो खेलमा एपिएफ र लुम्बिनीबीच खेलमा प्रतिस्पर्धा हुने छ । कप्तान सीता रानामगर दुबै जितमा प्लेयर अफ द म्याच चुनिएकी थिइन् । आजको खेलमा एपिएफका मध्यक्रमका ब्याटरको पनि परिक्षा हुने छ । बलिङमा दुबै खेलमा एपिएफ बलर हाबी बनेका थिए । तुलनात्मक रुपमा बलियो देखिएको लुम्बिनीमाथि एपिएफका बलरको पनि परिक्षा पनि हुने ।
लुम्बिनी कप्तान नेरीथापा पनि राम्रो लयमा देखिएकी छिन् । सुस्मिता भुषाल र स्वस्तिका खड्का एपिएफलाई घातक बन्न सक्छन् । लुम्बिनीका दुबै खेलमा शीर्षक्रमका ब्याटरले सहज जित दिलाएका थिए । शीर्षक्रम र मध्यक्रमका ब्याटरलाई एपिएफविरुद्ध असली परिक्षा हुने छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]