4 years ago
December 28, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइतबार दशकका उत्कृष्ट खेलाडीहरुलाई समेट्दै विभिन्न शैलीमा ‘टिम अफ द डिकेड’ (दशकको उत्कृष्ट टोली) घोषणा गरेको छ ।
आइसीसीले घोषणा गरेको टोलीमा भारत र अष्ट्रेलियाका खेलाडीको बाहुल्यता छ । टेस्टमा विराट कोहली कप्तान रहँदा सिमित ओभरको दुवै टोलीमा महेन्द्र सिंह धोनी कप्तान रहेका छन् । कोहली मात्र सबै शैलीको टोलीमा अटाएका छन् । महिला र पुरुष सबै टोलीमा भारत र अष्ट्रेलियाका १३-१३ खेलाडी रहेका छन् ।
यस्तै आइसीसी एसोसिएट प्लेयर अफ द डिकेडको अवार्ड पुरुष र महिला दुवैतर्फ स्कटल्यान्डका खेलाडीले जितेका छन् । पुरुषतर्फ कप्तान काइल कोट्जर तथा महिलातर्फ अलराउन्डर क्याथ्रिन ब्राइसले जितेकी छिन् । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी टि२० र ओडिआई डिकेड कप्तान छन् । टेष्टको कप्तान विराट कोहलीलाई दिएको छ ।
आइसीसी पुरुष टि२० टिम अफ द डिकेड : रोहित शर्मा, क्रिस गेल, आरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, ग्लेन म्याक्सवेल, महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), काइरन पोलार्ड, राशिद खान, जस्प्रित बुमराह र लासिथ मलिङ्गा
वुमन्स टि२० आई टिम अफ द डिकेड : एसिला हेली, सोफी डिभाइन, सुजि बेट्स, मेग लानिङ (कप्तान), हमरमनप्रित कौर, स्टाफानी टेलर, डान्ड्रा डोटिन, एलिस पेरी, एना श्रुब्सोल, मेगन स्चुट र पुनम यादव ।
आइसीसी पुरुष ओडिआई टिम अफ द डिकेड : रोहित शर्मा, डेभिड वार्नर, विराट कोहली, एबी डि भिलियर्स, सकीब अल हसन, महेन्द्र सिंह धोनी (कप्तान), बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, इमरान ताहिर, लासिथ मलिङ्गा ।
वुमन्स ओडिआई टिम अफ द डिकेड : एसिला हेली (विकेटकिपर), सुजि बेट्स, मिथली राज, मेग लानिङ (कप्तान),स्टाफानी टेलर, साराह टेलर (विकेटकिपर), एलिस पेरी, डेन भ्यान निकर्क, मरिजानी काप, झुलान गोस्वामी र अनिसा मोहम्मद ।
पुरुष टेष्ट टिम अफ द डिकेड : एलिस्टर कुक, डेभिड वार्नर, केन विलियम्सन, विराट कोहली (कप्तान), स्टिभ स्मिथ, कुमार सांगकार (विकेटकिपर), बेन स्टोक्स, रविचन्द्रन आश्विन, डेल स्टेन, स्टुअर्ट ब्रोर्ड र जेम्श एन्डरसन ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]