4 years ago
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ए बाट विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । सुरुवाती दुवै खेल हारेका समूह ए का कर्णाली र प्रदेश २ भने बाहिरिएका हुन् ।
आइतबार लमहीको देउखुरी मैदानमा भएको खेलमा एपिएफले प्रदेश २ लाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपिएफको जितसँगै लुम्बिनी प्रदेश पनि एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।
जितको लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरे । एपिएफकी ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् । सरिता मगर ६ र इन्दु बर्मा १ रनमा अविजित रहिन् । कप्तान सीता राना मगर ३० बल खेल्दै १ चौका सहित १८ रनमा आउट भइन् । कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाए । प्रदेश २ की ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान दिइन् ।
ओपनर सोभा आले र अनुराधा चौधरीले ७ ओभरमा २७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिइन् । तीव्र गतिकी बलर इश्वरी विष्टले सातौं ओभरको अन्तिम बलमा आलेलाई सोनु खड्काबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाइन् । एक ओभरपछि मेलिना रायमाझीलाई स्पिनर करुणा भण्डारीले शून्यमा बोल्ड आउट गरिन् ।
१२ औं ओभरको अन्तिम बलमा कविता गौतमसँग तालमेल नमिल्दा अनुराधा चौधरी रन आउट भएसँगै प्रदेश २ को ठूलो योगफलको सम्भावना सकिएको थियो । १३ औं ओभरको तेस्रो बलमा कप्तान सरस्वती कुमारी चौधरीलाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरिन् ।
तल्लोक्रमका ब्याटरले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । बिमला मगर ६, गोमा आले ३ र सरा प्रविन २ रनमा आउट भइन् । एपीएफकी सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुण भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १–१ विकेट लिए ।
समूह ए को अन्तिम खेलमा सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली खेल्ने छन् । जुन प्रतिष्ठाको लडाई हुने छ । दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् । जसबाट समूह विजेता र उप विजेता निर्धारण हुने छ ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]