4 years ago
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ ले एपिएफलाई ७३ रनको सामान्य लक्ष्य दिएको छ ।
देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाए । प्रदेश २ की ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान दिइन् ।
ओपनर सोभा आले र अनुराधा चौधरीले ७ ओभरमा २७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिइन् । तीव्र गतिकी बलर इश्वरी विष्टले सातौं ओभरको अन्तिम बलमा आलेलाई सोनु खड्काबाट १३ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाइन् । एक ओभरपछि मेलिना रायमाझीलाई स्पिनर करुणा भण्डारीले शून्यमा बोल्ड आउट गरिन् ।
१२ औं ओभरको अन्तिम बलमा कविता गौतमसँग तालमेल नमिल्दा अनुराधा चौधरी रन आउट भएसँगै प्रदेश २ को ठूलो योगफलको सम्भावना सकिएको थियो । १३ औं ओभरको तेस्रो बलमा कप्तान सरस्वती कुमारी चौधरीलाई सीता राना मगरले शून्यमा बोल्ड आउट गरिन् ।
तल्लोक्रमका ब्याटरले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । बिमला मगर ६, गोमा आले ३ र सरा प्रविन २ रनमा आउट भइन् । एपीएफकी सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुण भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले १–१ विकेट लिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]