default_image

4 years ago

December 27, 2020

कर्णालीमाथि जितसँगै लुम्बिनी सेमिफाइनल नजिक

95 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगितामा लुम्बिनी प्रदेश सेमिफाइनल नजिक पुगेको छ ।

आइतबार लुम्बिनीले कर्णालीलाई ९ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितका लागि पाएको ३५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गरे । लुम्बिनीकी गिता गोसाई ४ रनमा आउट हुँदा नेरी थापा ९ र सरस्वती घर्तिमगर ३ रनमा अविजित रहिन् । कर्णालीकी अन्जु गुरुङले एक विकेट लिएकी थिइन् ।

त्यसअघि देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । कर्णालीकी दीक्षा पुरीले ४ बलमा २ चौका सहित सर्वाधिक ८ रनको योगदान दिइन् । अन्शु साक्य १४ बलमा ७ रनमा अविजित रहिन् ।

ओपनर मोनिका राना र तृसना विश्वकर्माले ७.३ ओभरमा १३ रनको साझेदारी गरेका थिए । रानालाई कप्तान नेरी थापाले आफैं क्याच लिँदै पहिलो सफलता दिलाइन् । उनले १६ बलमा २ रन जोडिन् । तृसना २ रनमा रन आउट भइन् । उनले ३१ बल खेलेकी थिइन् । कप्तान लक्ष्मी रिमाल २ र अन्जु गुरुङ १ रनको योगदान दिइन् । कर्णालीले १० रन एक्स्ट्रा पाएको थियो ।

लुम्बिनीकी युवा तीव्र गतिकी बलर सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन् । कप्तान नेरी थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए । हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल १३-१३ ओभरमा झारिएको थियो ।

लगातार दुई हारसँगै कर्णालीको समूहबाट बाहिरिन औपचारिक बाँकी छ । पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ लाई ९ विकेटले हराएको थियो ।

आइतबार दोस्रो खेलमा एपिएफ र प्रदेश २ भिड्दै छन् । प्रदेश २ ले एपिएफलाई हराएमा लुम्बिनी सेमिफाइनल अन्तिम खेलको नतिजा पर्खनु पर्ने हुन्छ । एपिएफ विजयी भएमा लुम्बिनी पनि सेमिफाइनलमा एक खेल अगावै पुग्ने छन् । सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली तथा दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् ।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.