4 years ago
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ३५ रनको सामान्य लक्ष्य दिएको छ ।
देउखुरीमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रन बनायो । कर्णालीकी दीक्षा पुरीले ४ बलमा २ चौका सहित सर्वाधिक ८ रनको योगदान दिइन् । अन्शु साक्य १४ बलमा ७ रनमा अविजित रहिन् ।
ओपनर मोनिका राना र तृसना विश्वकर्माले ७.३ ओभरमा १३ रनको साझेदारी गरेका थिए । रानालाई कप्तान नेरी थापाले आफैं क्याच लिँदै पहिलो सफलता दिलाइन् । उनले १६ बलमा २ रन जोडिन् । तृसना २ रनमा रन आउट भइन् । उनले ३१ बल खेलेकी थिइन् । कप्तान लक्ष्मी रिमाल २ र अन्जु गुरुङ १ रनको योगदान दिइन् । कर्णालीले १० रन एक्स्ट्रा पाएको थियो ।
लुम्बिनीकी युवा तीव्र गतिकी बलर सुस्मिता भुषालले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चिन् । कप्तान नेरी थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए ।
हुस्सुका कारण निर्धारित समयमा सुरु हुन नसक्दा खेल १३-१३ ओभरमा झारिएको थियो ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]