4 years ago
December 27, 2020
दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार पहिलो खेलमा कर्णालीले लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
देउखुरी क्रिकेट मैदानमा कर्णालीकी कप्तान लक्ष्मी रिमालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । खेल १३-१३ ओभरको हुने छ । हुस्सुका कारण विहान ९ बजेबाट हुनुपर्ने खेल ढिला हुन पुगेको थियो । पहिलो खेलमा कर्णाली एपिएफसँग २ सय ४ रनको फाराकिलो अन्तरले पराजित भएका थिए । लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएका थिए ।
लुम्बिनी प्लेइङ ११ : नेरी थापा मगर (कप्तान), गिता गोसाई, नितु भण्डारी, स्वस्तिका बजागाईं, सुस्मिता भुषाल, सरस्वती घर्तीमगर, कृतिका मरासैनी, मधु डिसी, सरिता जिसी, सरस्वती पुन ।
कर्णाली प्लेइङ ११ : लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य (उप कप्तान), दीक्षा पुरी, लक्ष्मी पुरी, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, विना गाहामगर, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी ।
March 17, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]