default_image

4 years ago

December 27, 2020

एपिएफ र लुम्बिनीको नजर सेमिफाइनलमा

94 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश तथा दोस्रो खेलमा विभागीय टोली एपिएफ र प्रदेश २ बीच प्रतिस्पर्धा हुँदैछ । खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

समूह ए बाट शीर्ष दुई रहँदै सेमिफाइनलको आशा कायमै राख्न प्रदेश २ ले एपिएफलाई हराउने पर्ने दबाब छ । पहिलो खेलमा प्रदेश २ लुम्बिनीसँग ९ विकेटले पराजित भएका थियो । एपिएफ लगातार दोस्रो जितसँगै सेमिफाइनलमा स्थान पक्का गराउन चाहन्छ ।

पहिलो खेलमा प्रदेश २ की ओपनर अनुराधा चौधरी र सना प्रविनले २१–२१ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । गोमा आले, कप्तान सरस्वती चौधरी र मेलिना रायमाझीलाई जिम्मेवारीका साथ प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा कविता गौतमले मात्र पहिलो खेलमा एक विकेट लिएकी थिइन् । प्रदेश २ ले विभागीय टोली एपिएफलाई हराउन सहज भने हुने छैन । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

यता पहिलो खेलमा एपिएफले कर्णालीलाई २ सय ४ रनले हराएको थियो । एपिएफले ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । जसमा ६७ रन एक्स्ट्रा सामेल थियो । कमजोर कर्णालीविरुद्ध रनको बर्षा गराए पनि प्रदेश २ तुलनात्मक रुपमा धेरै बलियो टोली हो । पहिलो खेलमा कप्तान सीता राना मगरले ६८ रनको योगदान दिएकी थिइन् । उनी राम्रो लयमा देखिएकी छिन् । ज्योती पान्डे र सरिता मगरले पनि राम्रो प्रर्दशन गरेका थिए । इन्दु बर्मा, ममता चौधरी र प्यारी चौधरी राम्रो ब्याटिङ गर्छन् ।

एपिएफका ब्याटरको परिक्षा पनि हुने छ । फिल्डिङको क्रममा प्यारी चौधरी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन् । तर उनको अवस्था सामान्य रहेको बुझिएको छ । पाँगो माटो र घाँस कटाइ नमिल्दा आउटफिल्डमा फिल्डिङमा केहि समस्या देखिदै आएको थियो । बल पनि तुलनात्मक रुपमा गुडेको थिएन ।

एपिएफकी करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिएकी थिइन् । पिच पनि स्पिनर सहयोगी हुँदा दोस्रो खेलमा पनि करुणा घातक बन्न सक्छिन् । बलिङमा गहिराई भएको एपिएफसँग तीव्र गतिकी बलर ईश्वरी विष्ट, राजमती ऐरी र सोनु खड्का छन् ।

त्यसअघि बिहान ९ बजे लुम्बिनी कर्णालीमाथि सहज जित निकाल्दै सेमिफाइनल आफ्नो सम्भावना बलियो बनाउन खोज्नेछ । कर्णाली पहिलो खेलमा एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो । कर्णालीको टोली लुम्बिनीविरुद्ध पहिलो खेलको प्रर्दशनमा सुधार गर्दै उत्कृष्ट प्रर्दशन गर्न चाहन्छ ।

पहिलो खेलमा प्रदेश २ लाई हराउन लुम्बिनीकी तीव्र गतिकी युवा बलर सुस्मिता भुषालले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएकी थिइन् । सुस्मिता कर्णालीलाई घातक बन्न सक्छिन् । लुम्बिनीकै स्वस्तिका बजागाईं पनि राम्रो प्रर्दशन गरेकी थिइन् । स्पिनर सरस्वती पुन, गिता गोसाई र कृतिका मरासैनी छन् । गीता गोसाई, नेरी थापा र सरस्वती घर्तीमगरले राम्रो प्रर्दशन गरेका थिए ।

कर्णाली एपिएफसँग ३१ रनमा अल आउट हुन पुगेका थिए । क्रिकेटमा उदाउँदै गरेको र युवा खेलाडीको बाहुल्यता भएको कर्णाली जितभन्दा पनि सिक्ने सोचका साथ मैदान प्रवेश गर्नेछ । कप्तान लक्ष्मी रिमालको प्रर्दशन ब्याटिङमा निकै महत्वपूर्ण हुने छ । बलिङमा निसा पराजुली र दीक्षा पुरी लुम्बिनीलाई घातक बन्न सक्छन् । भर्खर क्रिकेटमा उदाउँदै गरेको कर्णाली एपिएफविरुद्ध बलिङ, ब्याटिङ र फिल्डिङमा निकै कमजोर देखिएको थियो ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.