default_image

4 years ago

December 26, 2020

कर्णाली ३१ रनमै अलआउट

217 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट टि२० प्रतियोगिता दोस्रो खेलमा विभागीय टोली एपिएफ विरुद्ध कर्णाली प्रदेश ३१ रनमै अलआउट भएको छ ।

योसँगै कर्णालीले एपिएफसँग २ सय ४ रनको फराकिलो अन्तरको हार बेहोरेको छ । जितका लागि २ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली ओभरमा १४.१ रनमा ३१ रनमा अल आउट हुन पुग्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका पाँच ब्याटर शून्यमा आउट भएका थिए । कर्णालीको तर्फबाट कप्तानी लक्ष्मी रिमालले सर्वाधिक ६ रन बनाइन् । दीक्षा पुरी ५ रनमा अविजित रहिन् । तीन ब्याटर सिंगलमा आउट भएका थिए ।

पहिलो ओभरको पाँचौ बलमा सोनु खड्काले ओपनर मोनिका रानालाई शून्यमा एलबिडब्लू आउट गरेकी थिइन् । चौथो ओभरको अन्तिम बलमा रेखा रावलले अर्की ओपनर तिर्सना विश्वकर्मालाई २ रनमा एलबिडब्लू आउट गरिन् । छैटौं ओभरको पहिलो बलमा राजमती ऐरीले अन्शु शाक्यलाई एक रनमा बोल्ड आउट गरिन् । तीन बल पछि लक्ष्मी पुरी शून्यमा एलबिडब्लू आउट हुँदा कर्णाली ११–४ को अवस्थामा पुगेको थियो ।

त्यसपछिका ब्याटर पनि क्रिजमा समालिएर प्रर्दशन गर्न सकेनन् । नवौं ओभरको पहिलो बलमा आयुशा टन्डन शून्यमा रन आउट भइन् । चार बल पछि कप्तान लक्ष्मी रिमाललाई करुण भण्डारीले ६ रनमा एलबिडब्लू आउट गर्दा कर्णाली ८.५ ओभरमा १७–६ को कमजोर अवस्थामा पुगेको थियो । लगत्तै अर्को बलमा सुजिता बोगटीलाई शून्यमा बोल्ड आउट गरिन् । करुणाले अन्जु गुरुङलाई १ रनमा बोल्ड आउट गरिन् ।

कर्णालीले १५ रन एक्स्ट्रा मार्फत पाएको थियो । एपिएफकी स्पिनर करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर ५ विकेट लिइन् । राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल र सोनु खड्काले एक एक विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएका थिए । एपिएफकी कप्तान सीता राना मगरले ५९ बलमा ८ चौका सर्वाधिक ६८ रनको योगदान दिइन् । सरिता मगर ३४ बलमा ६ चौका सहित ४४ रनमा अविजित रहिन् ।

एपिएफलाई ओपनर ज्योती पान्डे र सीता रानामगरले ८.३ ओभरमा ९७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निशा पराजुलीले अंशु शाक्यबाट क्याच गराउँदै पहिलो सफलता दिलाएकी थिइन् । ज्योतीले ३० बलमा ३ चौका सहित ३२ रन जोडीन् । दोस्रो विकेटका लागि सीता र सरिताले ९९ रनको साझेदारी गरेका थिए ।

सीतालाई १८ औं ओभरको चौथो बलमा अञ्जु गुरुङले बोल्ड आउट गरिन् । ईन्दु बर्मा १२ बलमा ४ चौका सहित २२ रन जोड्दै क्याच आउट भइन् । इन्दुलाई दीक्षा पुरीले कप्तान लक्ष्मी रिमालबाट अन्तिम ओभरको तेस्रो बलमा क्याच आउट गराएकी थिइन् । ममता चौधरी २ रनमा आउट भइन् ।

कर्णालीको फिल्डिङ निकै कमजोर देखिएको थियो । कर्णाली महिला खेलाडीले एक्स्ट्रा ६७ रन खर्चेका थिए । ४१ वाइड र १८ नो बल फालेका थिए । बलिङ र फिल्डिङ दुबै कमजोर देखिएको थियो ।

युवा खेलाडीले भरिएको कर्णालीका अघिकांश खेलाडी भर्खर क्रिकेट सिक्दै गरेका छन् । कर्णालीकी दीक्षा पुरीले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिइन् । निशा पराजुली र अन्जु गुरुङले पनि १–१ विकेट लिइन् । कर्णालीले दोस्रो खेलमा आइतबार लुम्बिनीसँग खेल्ने छ । एपिएफले आइतबार दिउँदो प्रदेश २ विरुद्ध खेल्ने छ ।

March 17, 2025

आइपिएल रोजेका बोसविरुद्ध पिसिबीको नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ खेल्ने निर्णय लिएसँगै उनी कानुनी झमेलामा पर्ने भएका छन् । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पिएसएलको ड्राफ्टमा डायमन्ड विधामा छनोट […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.