4 years ago
December 26, 2020
एजेन्सी– चार टेष्टको खेलको सिरिज अन्तर्गत दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्ध पहिलो दिन कमजोर प्रर्दशन गरेको छ ।
पहिलो दिनको समाप्तीमा अष्ट्रेलिया १ सय ५९ रनले अघि छ । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ७२.३ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया मार्नस लाबुसेनले १ सय ३२ बलमा ४ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
ओपनर जो बर्न्सलाई जस्प्रित बुमराहले विकेटकिपर ऋषभ पन्तबाट शून्यमा क्याच आउट गराएका थिए । स्पिनर रविचन्द्रन आश्विनले म्याथ्यु वेडलाई ३० र प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई शून्यमा क्याच आउट गरेपछि अष्ट्रेलियाले संघर्ष गरेको थियो । ट्राभिस हेड ३८, क्यामरन ग्रिन १२, टिम पेइन १३ र नाथन लायनले २० रनको योगदान दिए ।
अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । भारतका जस्प्रित बुमराहले ४ र रविचन्द्रन आश्विनले ३ विकेट लिए । डेब्यू टेष्ट खेल खेलि रहेका मोहम्मद सिराजले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
पहिलो इनिङ थालेको भारतले पहिलो दिनको समाप्तिमा ११ ओभरमा ३६–१ को अवस्थामा छ । ओपनर मयंक अग्रवाललाई मिचेल स्टार्कले शून्यमा एलबिडब्लू आउट गरेका थिए । सुभमन गिल २८ र चेतेश्वर पुजारा ७ रनमा अविजित छन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]