default_image

4 years ago

December 26, 2020

उद्धघाटन खेलमा लुम्बिनी र प्रदेश २ भिड्दै

65 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – सगरमाथा प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता उद्धघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बिहान नौ बजेपछि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनी नेरी थापा र प्रदेश नम्बर २ सरस्वती चौधरीको कप्तानीमा मैदान उत्रने छन् । नियमित नेपाली क्रिकेट टोलीबाट खेल्दै आएकी सरस्वती र राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान समेत रहेकी नेरी दुबै टोलीका प्रमुख खेलाडी हुन् । दुबै टोलीमा घरेलु क्रिकेट खेल्दै आएका खेलाडीको बाहुल्यता छ । जिल्ला र प्रदेश छनोट हुँदै टोली निर्माण गरेका दुबै टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

प्रदेश २ मा सरस्वतीसँगै तीव्र गतिकी बलर कविता गौतम, अनुराधा चौधरी र सोभा आले जस्ता खेलाडी छन् । यता लुम्बिनीमा नेरीसँगै युवा स्पिनर कृतिका मरासैनी, सरस्वती पुन, सर्मिला रोका मगर, लक्ष्मी चौधरी लगायतका खेलाडी छन् ।

प्रदेश दुई की कप्तान सरस्वती चौधरीले आफूहरुको लक्ष्य फाइनल सम्म पुग्ने बताएकी छिन् । आफूहले कोरोना महामारीको समयमा पनि नियमित अभ्यास गरेको हुँदा टोली बलियो भएको सरस्वतीले बताएकी छिन् । आफूहरुसँग युवा खेलाडीको बाहुल्यता भएको हुँदा सिक्ने अवसर समेत रहेको सरस्वतीले खेल अघि बताइन् । लुम्बिनी घरेलु टोली भएको हुँदा आफूहरु भन्दा कमजोर नभएको र आफूहरु जितको लागि मैदान उत्रने लागिन् ।

प्रदेश २ को महिला टोली : सरस्वती चौधरी, (कप्तान), सोभा आले (उपकप्तान), उर्मिला चौधरी, सन्तोषी चौधरी, आर्ती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कदारी, गोमा आले, मेलिना राय माझी, सना प्रविन, नितु चौधरी, चान्दनी अधिकारी

लुम्बिनी प्रदेशको टोली : नेरी थापा मगर (कप्तान), सरस्वती पुन (उपकप्तान) गीता गोसाई, स्वस्तिका बजागाईं, सरिता जि.सी., सरस्वती घर्तीमगर, सर्मिला रोका मगर, लक्ष्मी चौधरी, मधु डिसी, कृतिका मरासैनी, नितु भण्डारी, एलिसा केसी, वर्षा राना र सुस्मिता भुषाल ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.