default_image

4 years ago

December 26, 2020

देउखुरी मैदानको आउटफिल्डमा पाँगो माटो

263 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – दाङको लमहीमा रहेकोे देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सगरमाथा सिमेन्ट महिला प्रधानमन्त्री राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिता शनिबार हुँदैछ ।

कोरोना महामारीयता घरेलु मैदानमा हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो । काठमाडौं बाहिरका क्रिकेट मैदानको स्तर कमजोर छ । प्रतियोगिता समयमा मात्र गरिने तयारी र त्यसपछिको व्यवास्थाले मैदानको अवस्था स्तर रहँदै आएको छ ।

काठमाडौंमा रहेको टियू क्रिकेट मैदानलाई छोड्ने हो भने नेपालमा अन्य स्तरीय क्रिकेट मैदान पाउन कठिन छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको महिला पीएम कप हुने देउखुरी क्रिकेट मैदानको आउटफिल्डले उपत्यका बाहिर मैदानको अवस्था कस्तो छ प्रष्टाइदिन्छ ।

पिएम कप हुने देउखुरी क्रिकेट मैदानका अघिकांश ठाउँमा पागो माटो हालेर पुरिएको छ । हिँड्दा धुलो उड्छ । बल गुड्न समस्या हुने र रोकिने समस्या हुने देखिन्छ । त्यस्तै फिल्डिङ गर्न सहज हुने छैन । मैदानको चारैतर्फ अधिकांश ठाउँमा पाँगो माटो हालिएको छ । जहाँ हिँड्दा धुलो उड्छ ।

पानी हाल्दा केहि समय ओसिलो भएपनि पानी सुकेपछि धुलो उड्ने समस्या दोहोरिने छ । यसले खेलाडीको प्रर्दशनमा असर गर्ने देखिन्छ । शुक्रबार आयोजकले दमकल मार्फत मैदानमा पानी लगाएको थियो । तर शनिबार खेलको दिन पानी हाल्न मिल्ने छैन । जसले गर्दा धुरै धुलो हुने अनुमान गरिएको छ ।

छोटो समयमै तयारी गर्नुपर्ने भएको हुँदा हतारमा खाल्डा पुर्न पाँगो माटो हालिएको बुझिएको छ । फिल्डिङसँगै तीब्र गतिका बलरलाई रनअप लिँदा समेत केहि समस्या हुन सक्छ । ३० यार्ड क्षेत्रका केहि ठाउँमा बाहेक अन्य मैदानको चारै तर्फ अघिकांश ठाउँमा पागो माटो हालेर पुरिएको छ

एपिएफकी कप्तान सिता राना मगरले खेल सुर नहुँदै अभ्यासको क्रममा आउटफिल्ट देखेर कठिन हुने संकेत दिइसकेकी छिन् । उनले भनिन्, ‘सुरुवातीमा हेर्दा त्यस्तो राम्रो त लागेन किनभने टेक्दा त्यहाँ बालुवा भासिएको छ । बल रोकिएला भन्ने पिर छ । आउटफिल्ड जहाँ अभ्यास गरेका छौं त्यहाँ साह्रो भएको पाएका छौं । मैदानभित्र राम्ररी छिर्न पाएका छैनौं । राम्रै होला ।’

सिताले आउट फिल्डमा खेलाडीको प्रर्दशनमा असर पर्नेमा अनुमान गरिन् । ‘प्रर्दशन असर पर्छ । कतिबल बाउन्ड्री जाने रोकिएला’, उनले थपिन् । उनले लङअफ र अङअनतर्फ संकेत गर्दै यसले बढी असर गर्नसक्ने बताइन् ।

क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले छोटो समयमै राम्रो तयारी भएको बताउँछन् । यद्दपी उनी आउटफिल्टको विषयमा आफूहरु कतै चुकेको स्वीकार गर्दछन् । ‘हामीले छोटो समयमा रामो गरेका छौं । समय भएको अझैं राम्रो गर्न सक्थ्यौं । तयारी गर्दागर्दै कतैनै कता हामी चुकेका छौं । ३० यार्ड भन्दा बाहिर माटो र काम गर्ने कम समय भएको हुँदा अलिकति फरक भने रहेको छ’, उनले भने ।

महिला पिएम कपको लागि देउखुरी मैदानमा तीन वटा पिच तयार पारिएको छ । क्यानले क्यूरेटर विसन मण्डललाई तीन साता अघि लमहीमा पठाएको थियो । जसले पिच भने राम्रो देखिएको थियो । गत वर्ष आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने देउखुरी मैदानको पिचलाई लिएर प्रश्न उठेको थियो ।

नेपाली क्रिकेटमा देउखुरीको मैदानको आउटफिल्डमा पाँगो माटो हाल्नु कुनै नौलो विषय भने होइन । टियू बाहेकका मैदानका स्तरका बारेमा बारम्बार प्रश्न उठ्ने गरेको छ । पोखरा प्रिमियर लिग हुने पोखरा रंगशाला क्रिकेट मैदान र धनगढी प्रिमियर लिग हुने फाल्पा मैदानलाई केहि स्तरिय मानिन्छ । तर ती मैदानका बारेमा पनि प्रश्न नउठेको पनि होइन ।

टियू बाहेक सबै पिच र आउटफिल्डको स्तरमाथि प्रश्न निरन्तर उठ्दै आएको छ । गत वर्ष पुरुष पिएम कप काठमाडौंमा रहेको तल्लो मुलपानीमा म्याटमा खेलाईएको थियो । त्यसको चौतर्फी आलोचना भएको थियो ।

देउखुरी मैदानमा छोटो समयको तयारी सामान्य भने होइन । कोरोना महामारीको कठिन समयमा छोटो समयमा तयारी भने राम्रै देखिन्छ । आयोजकलाई देउखुरीको आउटफिल्ड सामान्य लाग्न सक्छ । राष्ट्रिय प्रतियोगिता हुने उक्त आउटफिल्डले खेलाडीको प्रर्दशनमा असर पर्नसक्छ ।

आउटफिल्डकै कारण खेलाडी घाइते भएमा आर्थिक नोक्सानी मात्र होइन करिअरनै धरापमा पर्न सक्छ । यस पटक प्रतियोगिता तयारीको समय नपाए भन्ने बहाना देखाएपनि आगमी दिनमा भने आफ्नो जिम्मेवारबाट उम्किन मिल्ने छैन ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.