4 years ago
December 25, 2020
दाङ (हाम्रो खेलकुद) – लमहीको देउखुरी क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री राष्ट्रिय टि२० किकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।
पीएम कप महिला पुस ११ देखि १९ सम्म चल्ने छ । कर्णालीले बिहिबार लक्ष्मी रिमालको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । कर्णाली समूह ए मा छ । समूह ए मा एपिएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् । कर्णालीले पहिलो खेल पुस ११ मा एपिएफसँग खेल्ने छ ।
पुस १२ मा कर्णाली प्रदेशले लुम्बिनीसँग खेल्ने छ । पुस १३ मा आफ्नो समूह चरणको अन्तिम खेल लुम्बिनीसँग खेल्ने छ । समूह चरणमा शीर्ष दुईमा रहन सक्ने पुस १७ मा सेमिफाइनल खेल्ने छ ।
कर्णाली प्रदेशको टोली : लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य (उप कप्तान), स्वेता थापा, दीक्षा पुरी, लक्ष्मी पुरी, दीपा राना, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, विना गाहामगर, अन्जिला थापा क्षेत्री, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी ।
वैकल्पिक :
शर्मिला ज्ञवाली र खिना केसी
ब्यवस्थापक : भुवन कोइराला
प्रशिक्षक : रोशन शाही
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]