4 years ago
December 25, 2020
एजेन्सी – भारत र अष्ट्रेलियाबीचको चार टेष्ट खेलको सिरिजमा दोस्रो टेष्ट शनिबारदेखि मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदैछ ।
पहिलो खेलमा ८ विकेटले विजयी भएको अष्ट्रेलिया दोस्रो खेलमा पनि त्यस्तै उत्कृष्ट प्रर्दशन गर्न चाहन्छ । अष्ट्रेलियाविरुद्ध दोस्रो इनिङमा भारत ३६ रनमा अल आउट भएको थियो । जुन भारतको टेष्ट इतिहासकै सबैभन्दा कम योगफल पर्दछ । भारत पहिलो टेष्ट खेलको नतिजालाई विसर्दै दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्न चाहन्छ ।
तर भारतलाई घरेलु टोली अष्ट्रेलियाविरुद्ध भने सहज हुने छैन । प्रमुख ब्याट्सम्यान तथा कप्तान विराट कोहली पहिलो खेल खेलेर भारत फर्किएका छन् । कोहली र श्रीमती अनुष्का शर्मा पहिलो सन्तानको बुबा आमा बन्दै छन् । कोहली नहुँदा भारतको ब्याटिङ थप कमजोर हुने छ ।
तीव्र गतिका बलर मोहम्मद शामी पनि पहिलो खेलमा चोटका कारण सिरिजबाट बाहिरी सकेका छन् । यी दुई खेलाडी परिवर्तनको हुने निश्चित छ । अर्कोतर्फ पहिलो टेष्टमा खराब प्रर्दशन गरेका केही खेलाडी बेन्चमा बस्ने बलियो सम्भावना देखिन्छ । भारत अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्टमा टोलीमा ब्यापक परिवर्तन गर्दै टोली बलियो बनाउन खोज्ने छ । भारतले दोस्रो टेष्टमा ५ परिवर्तन गर्ने सम्भावना देखिन्छ ।
१. कोहलीको स्थानमा राहुल
कोहली पहिलो टेष्टपछि भारत फर्किएका छन् । कोहलीको स्थानमा भारतले एक प्रमुख ब्याट्सम्यान खेलाउने छ । जसमा लोकेश राहुलको नाम अघि आउँछ । कोहली नहुँदा अजिंक्या रहाणेले चौथो नम्बरमा ब्याटिङ गर्ने छन् । राहुलले रहाणेको स्थानमा पाँचौ नम्बरमा ब्याटिङमा गर्ने छन् ।
राहुलले पछिल्लो समय ओडिआईमा पनि पाँचौ नम्बरमा ब्याटिङ गर्दै आएका छन् । कोहली पहिलो इनिङमा ७४ र दोस्रोमा ४ रनमा आउट भएका थिए । रहाणे पहिलोमा ४२ र दोस्रोमा शून्यमा आउट भएका थिए । कोहली नहुँदा भारतको ब्याटिङ भने थप कमजोर हुने अनुमान गरिएको छ ।
२. शा को स्थानमा गिल
पछिल्लो समय ओपनर पृथ्वी शा खराब लयबाट गुज्रि रहेका छन् । उत्कृष्ट सुरुवात विना ठूलो योगफलको आशा गर्न सकिदैन । ओपनर सस्तैमा आउट हुँदा अन्य ब्याट्सम्यानलाई समेत दबाब पर्ने गर्दछ । शाले पहिलो टेष्टमा ४ रन मात्र बनाएका थिए । पहिलो इनिङमा शून्यमा र दोस्रोमा ४ रनमा आउट भएका थिए ।
ब्याटिङ बलियो बनाउन भारतले दोस्रो टेष्टमा सुभमन गिललाई शा को स्थानमा मौका दिने बलियो सम्भावना देखिन्छ । युवा ब्याट्सम्यान गिल राम्रो लयमा छन् । उनले अष्ट्रेलिया ए विरुद्ध ४३ र ६५ रन बनाउँदै राम्रो लयको संकेत दिएका थिए । भारतले दोस्रो टेष्टमा शा को स्थानमा गिललाई मौका दिने उच्च सम्भावना देखिन्छ ।
३. शाहको स्थानमा पन्त
विकेटकिपर ऋद्धिमान शाहलाई भारतले दोस्रो टेष्टमा बेन्चमा राख्ने सम्भावना छ । भारतले ब्याटिङ बलियो बनाउन शाहको स्थानमा युवा ब्याट्सम्यान ऋषभ पन्तलाई मौका दिने उच्च सम्भावना छ । शाहले पहिलो टेष्टमा पहिलो इनिङमा ९ र दोस्रोमा चार रन मात्र बनाएका थिए । पन्त राम्रो लयमा पनि देखिएका छन् ।
पछिल्लो समय भारतीय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका पन्तले अष्ट्रेलिया ए विरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । अर्कोतर्फ पन्तको अष्ट्रेलियाविरुद्ध टेष्टमा विगतको प्रर्दशन पनि राम्रो छ । गतवर्ष सिड्नीमा अष्ट्रेलियाविरुद्ध चौथो टेष्टमा पन्तले १ सय ५९ रनको अविजित इनिङ खेलेका थिए । शाहको स्थान पन्तले लिने बलियो सम्भावना देखिन्छ ।
४. शामीको स्थानमा सिराज
शामी चोटका कारण भारतीय टोलीबाट बाहिरि सकेका छन् । शामी पहिलो टेष्टमा प्याट कमिन्सको बाउन्सर बलले दोस्रो इनिङमा ब्याटिङ गर्नेक्रममा लागेपछि रिटायर्ट आउट भएका थिए । जसको कारण उनको स्थानमा भारतले तीव्र गतिका बलरलाईनै खेलाउने सम्भावना छ । नवदीप सैनी र मोहम्मद सिराज त्यसका विकल्प हुन् । जसमा सिराजको सम्भावना बढी देखिन्छ ।
५. विहारीको स्थानमा जडेजा
पहिलो टि२० खेलमा घाइते भएका अलराउन्डर रविन्द्र जडेजाले दोस्रो टेष्ट खेल्ने सम्भावना उच्च छ । जडेजा अभ्यासमा पनि फर्किएका छन् । राम्रो लयमा रहेका जडेजा टोलीलाई रहँदा भारतलाई ठूलो राहत पुग्ने छ । जडेजाले अलराउन्डरकै स्थान लिने सम्भावना छ । जसमा हनुमा विहारीको स्थानमा भारतले जडेजालाई मौका दिने सम्भावना देखिन्छ ।
विहारी पहिलो टेष्टमा पहिलो इनिङमा १६ र दोस्रोमा ८ रनमा आउट हुन पुगेका थिए । जडेजाले सीमित ओभरमा राम्रो प्रर्दशन गरेको हुँदा उनलाई थप सहज पनि हुने छ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]