4 years ago
December 24, 2020
दाङ (हाम्रो खेलकुद) – दाङको लमहीमा रहेको देखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुरु हुने महिला प्रधानमन्त्री राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कको एक्सन स्पोर्टस च्यानलले गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले प्रत्यक्ष प्रसारणका लागि बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । क्यानका अध्यक्ष चन्दका अनुसार एक्सन स्पोर्टसले महिला र पुरुष दुवै प्रधानमन्त्री कप प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्नेछ ।
पुरुष प्रतियोगिताको मिति भने तय भएको छैन । पुरुष पिएम कप ५० ओभरको काठमाडौंमा हुने बताइएको छ । प्रत्यक्ष प्रसारणको सम्झौता रकम भने खुलाउन नमिल्ने चन्दले बताए । महिला पिएम कप प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ ।
प्रतियोगितामा ७ प्रदेश र एपिएफबीच प्रतिस्पर्धा हुने छ । समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् ।उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने छ ।
समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् । प्रतियोगिता २० ओभरको हुने छ । पहिलो खेल बिहान ९ः०० बजे र दोस्रो खेल १ः०० बजेबाट सुरु हुने छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । दुवै सेमिफाइनल पुस १७ र फाइनल पुस १९ गते हुनेछ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]