4 years ago
December 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ छनोटको उपाधि सिद्धान्त लोहनी कप्तान रहेको मोरङले जितेको छ । मोरङले बिहिबार भएको फाइनलमा सुनसरीलाई १ सय ६३ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।
कन्काई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मोरङले ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । रवि रोयले ९४ बलमा १० चौका र ३ छक्का सहित ९३ रनको योगदान दिए ।
मुकुन्द यादवले ५३ बलमा ७ चौका र ५ छक्का सहित ८० रनको आक्रामक इनिङ खेले । दीपक पासवान १६ र सिद्धान्त लोहनी २३ रनको योगदान दिए । सुनसरीका भुपाल लुइटेलले २, जोशक खड्का, विकल्प आचार्य र सरोज बस्नेतले समान १ विकेट लिए ।
जितका लागि २ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सुनसरी ३५.२ ओभरमा १ सय ३१ रनमा अल आउट भएको थियो । सरोज बस्नेत ३६ र राकेश सोनीले ३९ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दीपेश कंडेलले सर्वाधिक ४ विकेट लिए ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]