4 years ago
December 24, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ देखि १० टोली हुने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को बिहिबार अहमदाबादमा बसेको बोर्ड बैठकले सन् २०२२ देखि १० टोली सहभागी गराउने निर्णय गरेको छ ।
२०२१ मा भने ८ टोलीले नै प्रतिस्पर्धा गर्नेछन् । २०२१ को आइपिएल सुरु हुन अब चार महिना बाँकी हुँदा ८ टोलीलाई नै निरन्तरता दिने निर्णय गरिएको हो । आइपिएल २००८ देखि ८ टोलीको सहभागितामा सुरु भएको थियो ।
कोरोना महामारीको कारण यस पटकको आइपिएल दुई महिना अघि संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न भई सकेको छ । दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । मुम्बईको आइपिएलको त्यो पाँचौ उपाधि थियो । १० टोली सहभागी भएपछि आइपिएलमा कुल ९४ खेल हुने छन् ।
आइपिएलमा १० टोलीबीच एकै संस्करणमा प्रतिस्पर्धा भने भइसकेको छ । २०११ मा पहिलो पटक १० टोलीले प्रतिस्पर्धा भएको थियो । उक्त सिजनमा पुणे वारियर्स र कोची टस्कर्स थपिएका थिए ।
२०१२/१३ मा आइपिएलमा ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । ९ र १० टोलीलाई होम अवेको आधारमा खेलाउँदा प्रतियोगिता धेरै लामो हुने हुँदा २०१४ देखि ८ टोलीबीच प्रतिस्पर्धा हुँदै आएको थियो ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]