default_image

4 years ago

December 24, 2020

तीन नेपाली खेलाडी टि१० लिगमा

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।

बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । सोमपालले गतवर्ष ग्लोबल टि२० क्यानडा विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेको थिए । कुशल र करण पहिलो पटक विदेशी लिगमा जोडिएका हुन् ।

१६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् । टिम आबूधाबीबाट गतवर्ष पारस खड्काले खेलेका थिए ।

नेपाली घरेलु क्रिकेटका नियमित सदस्य रोहन मुस्तफा पनि टिम आबूधाबीमा हुँदा कुशललाई सहज हुने छ । आक्रामक र ठूला सटका लागि परिचित कुशल आफ्नो स्पिन जादुमा पनि ब्याट्सम्यानलाई फसाउने गर्दछन् ।

करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । समग्रमा टि टेन लिगमा अनुबन्ध हुने करण पाँचौ नेपाली खेलाडी हुन् । सोमपाल र करण दुबै तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको लागि नेपाली क्रिकेटमा परिचित जोडी हुन् । यी दुई खेलाडी नेपाली क्रिकेटका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।

गत वर्ष पारसले पहिलो पटक टि टेन लिग विदेशी लिगको रुपमा आबूधाबीबाट खेलेका थिए । यस पटक भने पारस फरक भूमिकामा छन् । सन्दीपले दुई संस्करण खेलि सकेका छन् । यस पटक सन्दीप अष्ट्रेलिया विग ब्यास लिगसँग जुधेको हुँदा टि टेन लिग खेल्ने छैनन् । टि टेन जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ । जारी बिग ब्यास लिग फेब्रुअरी ६ मा सकिने छ । होबार्ट हरिकेन्समा अनुबन्ध भएका सन्दीप अष्ट्रेलियामा क्वारेन्टाइनमा छन् ।

पहिलो पटक नेपाली क्रिकेटबाट एकै विदेशी लिगमा तीन खेलाडी अनुबन्ध भएका हुन् । यसअघि गतवर्ष टि टेन लिगमा पारस र सन्दीप तथा ग्लोबल टि२० क्यानडामा सन्दीप र सोमपालले खेलेका थिए । टि टेनमा गतवर्ष सन्दीपले कर्नाटक टस्कर्स र पारसले आबूधाबीबाट खेलेका थिए । ग्लोबल टि२० क्यानडामा सोमपाल हक्स र सन्दीप टोरन्टो नेशनलबाट खेल्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।

कुशलले टिम आबूधाबीको ड्रेसिङ रुममा क्रिस गेलसँगै इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स र दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिस जस्ता विश्वस्तरिय खेलाडीसँग धेरै कुरा सिक्न पाउने छन् । प्लेइङ ११ मा भने टोलीको रणनीतिमा भर पर्ने छ । हेल्स र गेल हुँदा ओपनरको कठिन पर्दा कुशललाई फिनिसरको रुपमा खेलाउन सक्छ ।

सोमपाल रहेको मराठामा पाकिस्तानका अनुभवी ब्याट्सम्यान सोएब मलिक, मोहम्मद हफिज र भारतीय प्रविण ताम्बे जस्ता खेलाडी छन् । करण केसी रहेको पुणे डेभिल्समा श्रीलंका थिसेरा पेरेरा, पाकिस्तानका मोहम्मद आमिर र इंग्ल्यान्डका साम बिलिंग्स जस्ता खेलाडी छन् ।

अर्को टि टेन लिग यी तीन खेलाडीलाई आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत ओमान भ्रमणमा निस्किनु अघि एउटा राम्रो अभ्यास हुने छ । नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज मार्च १९ देखि २८ सम्म हुने छ ।

विश्वस्तरीय खेलाडीसँग अनुभव लिँदै फर्कदा खेलाडीको प्रर्दशन र मनोबल उच्च हुने छ । धेरै कुरा सिक्न र सुधार गर्न पाउने छन् । जसको फाइदा नेपाली क्रिकेट टोलीलाई हुनेछ । सोमपाल पछिल्लो समय चोटसँग लडिरहँदा कुशल र करणले भने नेपाली क्रिकेट टोलीबाट नियमित उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

कुशलले गत माघमा अमेरिकाविरुद्ध डेब्यू खेलमै ओडिआईमा अर्धशतक प्रहार गरेका थिए । जुन ओडिआईमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान हो । करणले सन् २०१८ मा नामिबियामा क्यानडाविरुद्ध खेलेको अविश्वसनिय इनिङ खेलेका थिए । नेपालको ओडिआई मान्यता प्राप्तमा करणको योगदान महत्वपूर्ण छ ।

सोमपालको नाममा टि२० आईमा क्रिकेटमा १० औं नम्बरमा आउँदै सर्वाधिक रन बनाउने र्कीितमान छ । सन् २०१४ मा सोमपालले हङकङविरुद्ध ४० रन बनाउँदै उक्त कीर्तिमान कायम गरेका थिए । सोमपालले १४० प्रतिघण्टा किलोमिटरको स्पीडमा बलिङ गर्ने क्षमता समेत राख्दछन् । यी तीनै खेलाडी वर्तमान समयका नेपाली क्रिकेटका प्रमुख सदस्य हुन् । तीनै खेलाडी आक्रामक ब्याटिङको लागि रुचि राख्ने गर्दछन् । करण र सोमपालले तीव्र र कुशलले स्पिन बलिङ गर्ने गर्दछन् ।

यूएईको भूमिमा नेपाली खेलाडी राम्रोसँग घुलमिल छन् । नेपालले यूएईमा लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल खेल्दै आएको छ । जसले गर्दा केहि सहज हुने अनुमान गरिएको छ । अर्कोतर्फ तीनै खेलाडी अलराउन्डर भएको हुँदा टोलीमा मौका पाउने सम्भावना बढी छ ।

खेल १० ओभरको मात्र भएको हुँदा टोली सकेसम्म धेरैभन्दा धेरै अलराउन्डरनै मैदान उतार्न चाहन्छ । यी तीन खेलाडीको लागि अन्य ठूला विदेशी लिग खेल्न टि टेन राम्रो अवसर हो । टि टेन लिगमा पाएको अवसरमा उत्कृष्ट प्रर्दशन गर्न सके अन्य विदेशी लिग ठूला लिगमा बाटो सहज हुने छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.