default_image

4 years ago

December 23, 2020

करणले पनि टि टेन लिग खेल्ने

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले पनि आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।

जारी ड्राफ्टमा अनुबन्ध हुने करण तेस्रो नेपाली खेलाडी हुन् । करणलाई पुणे डेभिल्सले टोलीमा अनुबन्ध गरेको हो । करणको यो पहिलो विदेशी लिगमा अनुबन्ध हो । पछिल्लो समय नेपाली क्रिकेटबाट पहिलो रोजाईमा खेल्दै आएका करण ब्याटिङमा तल्लोक्रममा ठूला सट र तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

जारी ड्राफ्टमा युवा स्टार अलराउन्डर कुशल मल्ललाई टिम आबूधाबीले अनुबन्ध गरेको छ । सोमपाल कामीलाई मराठा अरेबियन्सले अनुबन्ध गरि सकेको थियो । करण टि टेन लिगमा अनुबन्ध हुने पाँचौ नेपाली खेलाडी हुन् । आगमी सिजनको लागि तेस्रो नेपाली खेलाडी पर्दछन् । आगमी संस्करणको टि टेन लिग आगमी जनवरी २८ देखि ६ फेब्रुअरी सम्म यूएईमा हुने छ ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.