4 years ago
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्टार तथा विश्वकीर्तिमानी अलराउन्डर कुशल मल्लले आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् ।
जारी टि टेन लिगको ड्राफ्टमा कुशल मल्ललाई टिम आबूधाबीले अनुबन्ध गरेको छ । कुशलको विदेशी लिगमा पहिलो पटक अनुबन्ध भएका हुन् । सोमपाल कामीलाई मराठा अरेबियन्सले ड्राफ्टमा अनुबन्ध गरि सकेको थियो । कुशल टि टेन लिगमा अनुबन्ध हुने चौथो नेपाली खेलाडी बनेका छन् ।
सोमपाल अनुबन्ध हुँदा पारस खड्का र सन्दीप लामिछानेले भनि खेलि सकेका छन् । विदेशी लिग खेल्ने चौथो खेलाडी बन्ने छन् । आबूधाबीबाट गतवर्ष नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले खेलेका थिए । पारस यस पटक आबूधाबीको इमर्जिङ प्लेयर मेन्टरको रुपमा रहेका छन् ।
कुशल आक्रामक सटका लागि परिचत युवा ब्याट्सम्यान हुन् । स्पिन बलिङ गर्ने गर्दछन् । पछिल्लो समय कुशलले नेपालको टि२० शैलीमा ओपनिङ गर्दै आएका छन् । कुशलको नाममा ओडिआईमा सबैभन्दा कम उमेरमा अर्ध शतक प्रहार गर्ने कीर्तिमान छ ।
कुशलले गतवर्ष माघमा नेपालमा भएको आइसीसी विश्वकप एक दिवसिय त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध उक्त कीर्तिमान कायम गरेका थिए । १६ वर्षिय कुशललाई टिम आबूधाबीले ड्राफ्टमा अनुबन्ध गरेको हो । क
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]