default_image

4 years ago

December 23, 2020

सरस्वतीको कप्तानीमा प्रदेश २ को टोली घोषणा

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दाङको लमहीमा हुने प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता लागि प्रदेश नम्बर २ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

सरस्वती चौधरीको कप्तानीमा प्रदेश २ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको हो । प्रदेश नम्बर २ समूह ए मा छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् ।

प्रदेश २ ले पहिलो खेल पुस ११ मा लुम्बिनी प्रदेशसँग खेल्ने छ । पुस १२ मा प्रदेश २ ले एपिएफसँग खेल्ने छ । पुस १३ मा प्रदेश २ ले कर्णालीसँग खेल्ने छन् । प्रतियोगिताका सबै खेल लमही मैदानमा हुने छन् । प्रतियोगिताको लागि प्रदेश २ सँगै गण्डकी र लम्बिनीले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरि सकेका छन् ।

प्रदेश २ को महिला टोली :

सरस्वती चौधरी, (कप्तान), सोभा आले (उपकप्तान), उर्मिला चौधरी, सन्तोषी चौधरी, आर्ती चौधरी, कविता गौतम, अनुराधा चौधरी, विमला मगर, रोजी कदारी, गोमा आले, मेलिना राय माझी, सना प्रविन, नितु चौधरी, चान्दनी अधिकारी ।

वैकल्पिक खेलाडी :

दुर्गा कार्की, मन्सी चौहान, प्रतिमा शाह र रचना अर्याल ।

टिम ब्यवस्थापक : अनिल शर्मा

प्रशिक्षक : सुनिल शाह

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.