default_image

4 years ago

December 23, 2020

जडेजा अभ्यासमा फर्किए

79 views

0 Bookmark

एजेन्सी – भारतीय स्पिन अलराउन्डर रविन्द्र जडेजा तीन हप्तापछि अभ्यासमा फर्किका छन् । अष्ट्रेलियाविरुद्ध दोस्रो टेष्ट खेल्नु अघि जडेजाले बुधबार नेटमा अभ्यास गरि रहेको भिडियो भारतीय क्रिकेट काउन्सिल (बिसिसिआई) ले सावर्जजनिक गरेको छ ।

जडेजा गत डिसेम्बर ४ मा अष्ट्रेलियाविरुद्ध पहिलो टि२० खेलपछि बाहिरिएका थिए । पहिलो टि२० खेलको अन्तिम ओभरमा मिचेल स्टार्कको बलले हेल्मेटमा लागेपछि जडेजालाई कन्कसन (होस हराउने) भएको भन्दै दोस्रो इनिङमा स्पिनर युजभेन्द्र चहललाई उनको स्थानमा खेलाउँदै बलिङ गराएको थियो । चहलले बलिङ गरेपछि भारतीय टोलीको आलोचना हुन पुगेको थियो ।

त्यसपछि भने जडेजा टि२० सिरिजबाट बाहिरिएका थिए । जडेजा पहिलो टेष्टमा पनि पूर्णरुपमा फिट नभएको भन्दै बाहिरिएका थिए । बुधबार नेटमा जडेजाले बलिङ र ब्याटिङ दुबै गरेका छन् । चार टेष्टको सिरिजअन्तर्गत पहिलो खेलमा भारतले अष्ट्रेलियासँग लज्जास्पद हारको सामना गरिसकेको छ ।

अष्ट्रेलियासँग पहिलो टेष्टमा ८ विकेटले पराजित भएको भारत दोस्रो इनिङमा मात्र ३६ रनमा अल आउट भएको थियो । जुन भारतले बनाएको आफ्नो टेष्ट क्रिकेट इतिहासकै बनाएको सबैभन्दा कम योगफल हो । पहिलो टेष्ट खेल्नेक्रममा तीव्र गतिका बलर मोहम्मद शामी घाइते भएका थिए । शामी टेष्ट सिरिजबाट बाहिरि सकेका छन् । शामीको स्थान दोस्रो टेष्टमा जडेजाले लिने अनुमान गरिएको छ ।

यता कप्तान विराट कोहली पनि बाँकी टेष्ट खेलमा हुने छैनन् । विराट र उनकी श्रीमती अनुष्का शर्मा पहिलो सन्तानका बुबा आमा बन्दै छन् । कोहली पहिलो टेष्ट पछि भारत फर्किएका छन् । दोस्रो टेष्ट डिसेम्बर २६ देखि मेलबर्न क्रिकेट मैदानमा सुरुहुनुे छ । कोहली विनाको भारतलाई दोस्रो टेष्ट कठिन हुने अनुमान गरिएको छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.