4 years ago
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुस ११ देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशले शीला रेग्मी क्षेत्रीको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको छ ।
टोलीको उपकप्तानमा सीमाना केसी रहेकी छिन् । गण्डकी प्रदेशमा स्याङ्जा र कास्कीबाट ७–७ खेलाडी अटाएका छन् । प्रधानमन्त्री महिला प्रतियोगिता पुस ११ देखि १९ सम्म लमहीमा चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र एपिएफ गरि कुल ८ टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुने छ । समूह ए मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह बी मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ छन् । प्रतियोगिता २० ओभरको हुने छ । सबै खेल लमही मैदानमा हुने छन् ।
गण्डकीले पहिलो खेल सुदूरपश्चिमसँग पुस १४ मा खेल्ने छ । गण्डकीले दोस्रो खेल पुस १५ मा बागमती र पुस १६ मा प्रदेश एक विरुद्ध खेल्ने छ । समूह बी मा शीर्ष दुईमा रहने सके सेमिफाइनल खेल्न पाउने छ । कप्तान शीलाले गत वर्ष काठमाडौंमा सम्पन्न वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) पोखरा पल्टनबाट खेलकी थिइन् ।
गण्डकीको टोली :
शीला रेग्मी क्षेत्री (कप्तान/कास्की) सीमाना केसी (उपकप्तान/स्याङ्जा), एलिसा लामिछाने (कास्की), सृष्टी पौडेल (कास्की), सृर्जना पौडेल (कास्की), ज्योत्स्निका मरासैनी, (स्याङ्जा), सोनिया थापा (विकेटकिपर/स्याङ्जा), पुर्णता शाही (स्याङ्जा), पर्मिला बानियाँ (कास्की), गंगा लुयली (कास्की), कुसुम गोदर (स्याङ्जा), अञ्जली बिके (स्याङ्जा), अमृता वाग्ले (स्याङ्जा) र विन्दु थापा मगर (कास्की)
वैकल्पिक खेलाडी :
सरिका गुरुङ (स्याङ्जा), प्रतिमा बानियाँ (कास्की), प्रतिक्षा सुवेदी (कास्की), निस्मा गुरुङ (स्याङ्जा)
प्रशिक्षक : गोविन्द प्रधान
टोली व्यवस्थापक : अर्जुन थापा
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]