4 years ago
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सिद्धान्त लोहनीको उत्कृष्ट प्रर्दशनको सहयोगमा मोरङ प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ को छनोटको फाइनलमा पुगेको छ ।
मोरङले सोमबार झापालाई ९ रनले हराउँदै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो । कनकाई मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मोरङ ३८.३ ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । मोरङका मुकुन्द यादवले ४३ बलमा ४ चौका सहयोगमा सर्वाधिक ३१ रनको योगदान दिए ।
दीपक पासवान १८, रवि रोय १६, सिद्धान्त लोहनी १५ र फिर्दोस अन्सारीले १३ रनको योगदान दिए । झापाका प्रवेश कमातले १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठ २, मनोज तामाङ, सुमिरन राई र अंकित सुवेदीले १–१ विकेट लिए ।
जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको झापा २८.२ ओभरमा १ सय ३१ रनमा अल आउट हुन पुगेको थियो । झापाका सुमिरन राईले ३७ र नित्य खडोलियाले ४८ रनको योगदान दिए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । मोरङलाई जिताउन सिद्धान्त लोहनीले ६.२ ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर प्रमुख ४ विकेट लिए । फिर्दोस अन्सरी र श्रवन यादवले ३–३ विकेट लिए ।
मंगलबार हुने झापा र सुनसरीबीचको विजेताले उपाधिको लागि मोरङसँग फाइनलमा प्रतिस्पर्धा गर्ने छ । मंगलबार मोरङले उदयपुरसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल बुधबार हुने छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]