4 years ago
December 21, 2020
दाङ (हाम्रो खेलकुद) – पुस दोस्रो साता देखि सुरु हुने महिला प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लमही क्रिकेट मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । महिला राष्ट्रिय प्रतियोगिता लमहीका तीन वटा पिचमा सञ्चालन हुने छ ।
गतवर्ष आठौं राष्ट्रिय प्रतियोगितामा लमहीको पिचलाई लिएर प्रश्न उठेको थियो । यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंबाट मंसिर अन्त्यतिर क्यूरेटर बिशन मण्डललाई लमही पठाएको छ । जसले पिचमा सुधार हुने आशा गरिएको छ । ‘पिच बनाई रहेका छौं । माटो हालेको एक हप्ताभन्दा बढी भएको छ । हामीलाई घामले साथ दिन पर्यो । घामले साथ दिएमा पिच राम्रो बन्ने छ’, मण्डलले भने ।
आठौं राष्ट्रिय प्रतियोगितामा भन्दा यस पटक ब्याटिङ गर्न सजिलो हुने मण्डल बताउँछन् । ‘त्यसबेला खैरो माटो थियो । यस पटक खैरोमा रातो माटो मिलाएका छौं । पहिला भन्दा यस पटक विकेट राम्रो हुन्छ भन्ने आशा छ’, उनले भने । मैदानको ३० याडलाई विशेष ध्यान दिइएको छ । आउटफिल्डमा रहेका खाल्डा खुल्डीमा माटो हालिएको छ । प्रतियोगिताको लागि मैदान निर्माणको जिम्मा दाङ देउखुरी क्रिकेट क्लबले पाएको छ । पाको माटो हाल्न सुरु भई सकेको छ । खाल्डा खुल्डी पुर्ने काम जारी छ । रोलर लगाउने काम जारी छ ।
२५ सय समर्थक अट्ने प्याराफिटको काम पनि भई राखेको छ । प्याराफिट भने महिला प्रतियोगिता सम्म तयार हुने छैन । आगमी फागुन सम्म प्याराफिट तयार हुने बताइएको छ । नगरविकास समितिले प्याराफिट निर्माणको लागि १ करोड विनियोजन गर्दै ठेक्का दिएको थियो । लमही मैदान तयार पार्नको लागि दैनिक १२ जनशक्ति परिचालन भई रहेको छ । यसको खर्च पनि नगरविकास समितिलेनै ब्योहोर्ने छ ।
देउखुरी क्रिकेट क्लबका प्रशिक्षक तथा स्थानिय आयोजक व्यवस्थापन समितिका सदस्य अमित तामाङले विकेट बाहेक अन्य सबैकुरा काम सकि सकेको बताउँछन् । तामाङका अनुसार महिला राष्ट्रिय प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । महिला प्रतियोगिता पछि मैदानमा नयाँ माटो हाल्न नगरविकास समितिले बजेट बिनियोजन गरेको छ ।
क्यानले पुष ११ गतेदेखि महिला प्रधानमन्त्री कप सुरु हुने बताएपनि एक हप्ता भन्दा कम समय बाँकी रहँदा खेल तालिका भने सार्वजनिक भएको छैन । लुम्बिनी प्रदेशले नेरी थापा मगरको कप्तानीमा टोली घोषणा गरि सकेको छ । प्रदेश दुई र एक को महिला प्रदेश छनोट सम्पन्न भई सकेको छ । सुदूरपश्चिम प्रदेशको छनोट जारी छ ।
गण्डकी र बागमतीले भने अझैं महिला छनोट सुरु गरेका छैनन् । एपिएफ पनि आफ्नो तयारी गरि रहेको छ । प्रतियोगितामा कर्णाली बाहेक अन्य ६ प्रदेश र एपिएफ गरि ७ टोलीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता समूहमा विभाजन गरेर हुन्छ वा सबै टोलीले लिगको आधारमा एक अर्कावीरुद्ध भिड्छन् हालसम्म स्पष्ट छैन । अर्कोतर्फ प्रदेश छनोट टि२० शैलीमा गरिएको छ । प्रतियोगिता एकदिवसिय वा टि२० भन्ने पनि अनिश्चित छ ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]