default_image

4 years ago

December 20, 2020

झापा र मोरङ विजयी

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा आइतबार झापा र मोरङ विजयी भएका छन् । झापाले उदयपुरलाई ७ विकेट र मोरङले इलामलाई १० विकेटले पराजित गरे ।

झापाविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको उदयपुर १५.५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । उदयपुरका विधान गोस्वामीले २३ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

झापाका मनोज तामाङले ६.५ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ५ विकेट लिए । कमल खत्रीले ३ विकेट लिए । जितका लागि ६७ रनको समान्य लक्ष्य झापाले ७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । झापाका अंकित सुवेदीले २९ रनको योगदान दिए । विधान गोस्वामीले २ विकेट लिए ।

त्यस्तै अर्को खेलमा मोरङले इलामलाई १० विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको इलाम १७ ओभरमा ६६ रनमा अल आउट भएको थियो । अविनास पौडेलले सर्वाधिक २३ रनको योगदान दिए । मोरङका आषिश श्रेष्ठले ८ ओभरमा ४ मेडन राख्दै १७ रन खर्चेर ५ विकेट लिए ।

जितका लागि ६७ रनको सामान्य लक्ष्य मोरङले ६ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । मोरङका दीपक पासवानले २२ बलमा ४४ रनको योगदान दिए ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.