default_image

4 years ago

December 20, 2020

महोत्तरीलाई उपाधि

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महोत्तरी महिला क्रिकेट टोलीले प्रधानमन्त्री महिला राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको उपाधि जितेको छ ।

महोत्तरीले आइतबार फाइनलमा सिराहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला ब्याटिङ गरेको सिराह १७ ओभरमा ८६ रनमा अल आउट भएको थियो । सिराहकी कविता गौतमले २४, सरस्वती चौधरीले १४ र उर्मिला चौधरीले १५ रन बनाउन बाहेक अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । महोत्तरीकी सोभा आलेले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ५ विकेट लिइन् । विमला मगरले ३ र रोइ कदारीले २ विकेट लिइन् ।

जितका लागि पछ्याएको ८७ रनको सामान्य विजयी लक्ष्य महोत्तरीले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेका थिए । महोत्तरीकी गोमा आले २४ र बिमला मगर ३१ रनमा अविजित रहिन् । विमलाले २५ बलमा ५ चौका प्रहार गरेकी थिइन् । गोमाले २७ बलमा ३ चौका प्रहार गरिन् । रोइ कदारी २१ र पुष्पा फुर्याल ३ रनमा आउट हुन पुगेका थिए ।

सिराहका सन्तोषी चौधरीले एक विकेट लिइन् । सोभा आले प्लेयर अफ द म्याच चुनिन् । दाङको लमहीमा पुष दोस्रो साता देखि सुरुहुने प्रधानमन्त्री महिला राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश २ छनोट भएको हो ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.