default_image

4 years ago

December 20, 2020

पाकिस्तानमाथि न्युजिल्यान्डको सानदार जित

93 views

0 Bookmark

एजेन्सी – पाकिस्तानविरुद्ध दोस्रो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डले सानदार जित निकालेको छ । आइतबार दोस्रो खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९.२ ओभरमा १ विकेट गुमाउँदै सहजै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ओपनर तथा विकेटकिपर टिम सिफर्ट ६३ बलमा ८ चौका र ३ छक्का सहित ८४ रनमा अविजित रहे । कप्तान केन विलियम्सन ४२ बलमा ८ चौका र १ छक्का सहित ५७ रनमा अविजित रहे ।

न्युजिल्यान्डलाई सहज जित दिलाउन दोस्रो विकेटका लागि कप्तान केन विलियम्सन र टिम सिफर्टले १ सय २९ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । ओपनर मार्टिन पुप्टिल ११ बलमा २ छक्का र १ चौका सहित २१ रनमा क्याच आउट भए । पाकिस्तानका फहिम अशराफले एक विकेट लिए ।

त्यसअघि हामिल्टनमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले ५७ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

हफिजले एकतर्फबाट रन जोड्दा अर्को एण्डबाट भने नियमित विकेट गुमेको कारण पाकिस्तानले ठूलो योगफल बनाउन सकेको थिएन । दोस्रो ओभरको चौथो बलमा टिम साउथीले ओपनर हैदर अलीलाई कप्तान केन विलियम्सनबाट ८ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।

अन्तिम बलमा अब्दुल्लाह शफिक शून्यमा साउदीबाटै क्याच आउट हुन पुगे । छैटौं ओभरको चौथो बलमा साउथीले ओपनर विकेटकिपर मोहम्मद रिजवानलाई टिम सिफर्टबाट २२ रनमा क्याच आउट गराए । सिफर्टले २० बलमा ४ चौका प्रहार गरे ।

कप्तान सादव खान ४, खुशदील शाह १४ र फहिम अशराफ ४ रनमा आउट हुन पुगे । इमाद वासिम १० रनमा अविजित रहे । न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । जेम्स निसम र ईस सोधीले समान १ विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

March 17, 2025

ललितको ५ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

Success

Thank you for your time.