4 years ago
December 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान एबी डिभिलियर्सले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने सम्भावना रहेको छ ।
कोरोना भाइरसको कारण स्थगित चौथो संस्करणको इपिएलको मिति भने पक्का हुन सकेको छैन । इपिएलका अध्यक्ष अमिर अख्तरले डी भिलियर्सलाई इपिएलमा ल्याउन कुराकानी भई रहेको जानकारी दिएका छन् । ‘डी भिलियर्ससँग कुरा भई रहेको छ । उनी पनि इपिएल खेल्न सकरात्मकनै छन् । तर पक्का भने भएको छैन । किनभने मिति अनुसार सबैकुराहरु मिल्छन्’, अख्तरले भने । आयोजकले इपिएलले चौथो संस्करणको मिति भने सार्वजनिक गर्न सकेको छैन ।
‘हामीले इपिएलको मिति तय गर्न सकेका छैनौं । जबसम्म कोरोनामहामारी हट्दैन तबसम्म घोषणा गर्न कठिन पर्छ । सरकारले खेलकुदको लागि समर्थकलाई अनुमति दिँदैन भने हामीले इपिएल गर्न कठिन पर्छ । इपिएल कहिँले हुन्छ भन्न कठिन छ । सरकारले खेलकुद प्रतियोगितालाई अनुमती दिँदैन भने गर्न गाह्रो हुन्छ । सरकारको अनुमति र नेपालको अन्तर्राष्ट्रिय खेलतालिकालाई मध्यनजर गर्दै मिति घोषणा गर्ने छौं’, उनले भने ।
‘टिभीमा हेरेर मात्र गर्ने कुरा हुँदैन । समर्थकसँग मनोरञ्जन टिभीबाट इपिएलमा हुँदैन । जसले गर्दा ठूला नाम लिएर कुनै फाइदा हुँदैन । इपिएल आइपिएल जस्तो होईन । आइपिएलमा समर्थक नभएर पनि टिभीले मात्र ध्यान दिईयो । तर नेपालमा त्यस्तो सम्भव छैन’, अख्तरले भने ।
यसअघि भएका सम्झौताका खेलाडी पनि नेपाल आउने उनी बताउँछन् । उनीहरुसँगपनि निरन्तर कुराकानी भई रहेको र उनीहरु आउने बताई रहेका छन् । डी भिलियर्सले इपिएलको मिति तय भएपछि आफू उपलब्ध हुन सक्ने वा नसक्ने जानकारी दिने छन् । डी भिलियर्सले आफूले कति खेल खेल्नुपर्ने समेत सोधी सकेका छन् । चौथो संस्करणको इपिएल चैत १ देखि १५ सम्म हुने भनिएपनि कोरोना भाईरसको कारण स्थगित हुन पुगेको थियो ।
चौथो संस्करणको इपिएलमा ठूला नाम गरेका खेलाडीले सम्झौता गरेका थिए । वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलदेखि अफगानिस्तानका मोहम्मद शाहजाद नेपाल आउने निश्चित भएको थियो । तर कोरानाको कारण चैत्रमा हुने तयारी भएको इपिएल स्थगित हुन पुग्यो ।
पोखरा राइनोजले वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान क्रिस गेल, केसरिक विलियम्स र स्कटल्याण्डका ओपनर जर्ज मुन्शेलाई अनुबन्ध गरेको थियो । भैरहवा ग्ल्याडियटर्सले वेस्ट इन्डिजका ड्वेन स्मिथ, ललितपुर प्याट्रीयट्सले पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका उपुल थरंगालाई टोलीमा भित्र्याएको थियो ।
काठमाडौं किंस ११ ले केभीन ओ ब्रायन, कोरी एन्डरसनको नाम सार्वजनिक गरेको थियो । चितवन टाइगर्समा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ खेल्ने पक्का भएको छ । पारस खड्का कप्तान रहेको विराटनगर वारियर्सले भने कुनै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थिएन ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]