default_image

4 years ago

December 20, 2020

नेरीको कप्तानीमा लुम्बिनी प्रदेशको टोली घोषणा

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान समेत रहेकी नेरी थापा मगरको कप्तानीमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट टोलीको लागि टोली घोषणा गरेको छ ।

सरस्वती पुनलाई टोलीको उप कप्तानको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री महिला राष्ट्रिय प्रतियोगिता पुस ११ देखि दाङको लमहीमा हुने भनिएको छ । घोषणा टोलीमा रुपन्देहीको बाहुल्याता छ । कुल १४ जना घोषणा टोलीमा रुपन्देहीबाट ६, दाङ र बाँकेबाट ४–४ खेलाडीले स्थान बनाएका छन् ।

नेपालगञ्जमा सम्पन्न लुम्बिनी प्रदेश छनोटमा महिला प्रतियोगितामा दाङ, रुपन्देही र बाँकेले प्रतिस्पर्धा गरेका थिए । छनोट समितिका प्रमुख छनोटकर्ता कैलाश रोका मगर सहित मोहम्मद इरफान खान र मान बहादुर थापाको समितिले खेलाडी छनोट गरेका हुन् ।

महिला राष्ट्रिय प्रतियोगितामा ६ प्रदेश र एपिएफ गरि ७ प्रदेशले प्रतिस्पर्धा गर्ने छन् । कर्णाली प्रदेश क्यानको प्रादेशिक संरचनामा लुम्बिनीसँग जोडिएको छ । कर्णालीले पुरुषको लागि भने आफ्नो भिन्दै टोली घोषणा गर्ने छ । लुम्बिनीमा ७ र कर्णालीमा १ गरि कुल ८ जिल्लाले क्यानको सदस्यता पाएका छन् ।

लुम्बिनी प्रदेशको टोली : नेरी थापा मगर (कप्तान/बाँके), सरस्वती पुन (उपकप्तान/रुपन्देही), गीता गोसाई (बाँके) ,स्वस्तिका बजागाईं (बाँके), सरिता जि.सी. (बाँके), सरस्वती घर्तीमगर (दाङ), सर्मिला रोका मगर (दाङ), लक्ष्मी चौधरी (दाङ), मधु डिसी (दाङ), कृतिका मरासैनी (रुपन्देही), नितु भण्डारी (रुपन्देही), एलिसा केसी (रुपन्देही), वर्षा राना (रुपन्देही) र सुस्मिता भुषाल (रुपन्देही) ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.