4 years ago
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर १ छनोटमा शनिबार मोरङ र उदयपुर विजयी भएका छन् ।
उदयपुरले इलामलाई ४८ रन तथा मोरङले सुनसरीलाई ३ विकेटले हराउँदै जित निकालेका हुन् । झापामा भएको खेलमा इलामविरुद्ध उदयपुरले टस जितेर पहिला ब्याटिङ गर्दै २४.२ ओभरमा अल आउट हुँदै १ सय ५२ रन जोडेको थियो ।
उदयपुरका दीपक जोशीले सर्वाधिक ३० रनको योगदान दिए । प्रवत राई १६, प्रकाश सुवेदी १८, अब्रिन्द सुवेदीले १४ रनको योगदान दिए । इलामका हेमन राईले सर्वाधिक ४ विकेट लिए । प्रज्वल खत्री र योगेश बिकेले २–२ विकेट लिए ।
१ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको इलाम २७.४ ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो । इलामका ओपनर रोशन बोहरा ४९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । उदयपुरका आकाश सेवाले सर्वाधिक ४ विकेट लिए । दीपक जोशीको नाममा ३ विकेट रह्यो ।
अर्को खेलमा मोरङले सनुसरीलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर पहिला ब्याटिङ थालेको सुनसरी ४९.५ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । सुनसरीका गौरव कटवालले ४०, सोनु मण्डलले ३८ र विवेकले २९ रनको योगदान दिए । मोरङका श्रवण यादव र फिर्दोस अन्सराीले २–२ विकेट लिए ।
१ सय ९६ रनको लक्ष्य पछ्याएको मोरङले ७ विकेटको क्षतिमा पूरा गरेको थियो । मोरङको जितमा फिर्दोस अन्सारीले उत्कृष्ट प्रर्दशन गर्दै ९४ बलमा ८ चौका सहित ६० रनमा अविजित रहे । रवि रोय १९, सिद्धान्त लोहनी २२ र राजन मगरले ४६ रनको योगदान दिए । सुनसरीका जोशक खड्का र गौरव कटवालले २–२ विकेट लिए ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]