4 years ago
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा तनहुँले विजयी सुरुवात गरेको छ ।
तनहुँले शनिबार स्याङ्जालाई ११ रनले हराएको थियो । पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको तनहुँ ४३.२ ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।
तनहुँका ओपनर समिर कंडेलले २६, दीपेश १६, प्रवेश खड्का ११, करण १७ र चन्द्रकान्त पौडेलले १५ रन बनाए । स्याङ्जाका अशोश श्रेष्ठ र सुरज गुरुङले समान ३, विष्णु पान्डे २, सुरज गौतम र मिलन लुइटेलले समान १ विकेट लिए ।
१ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको स्याङ्जा ४७.४ ओभरमा १ सय २९ रनमा अल आउट भएको थियो । स्याङ्जा बिष्णु पान्डेले सर्वाधिक २३ रन बनाए । अशोक श्रेष्ठ १९, हिमेश सिंह ठकुरीले १६ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
तनुहँका दीनेश जंग बुढाले सर्वाधिक ३ विकेट लिए । करण, चन्द्रकान्त र राजु गुरुङले समान २ विकेट लिए । स्याङ्जाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा स्याङ्जा कास्कीसँग ७ विकेटले पराजित भएको थियो ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]