4 years ago
December 19, 2020
एजेन्सी – भारतले अष्ट्रेलियाविरुद्ध पहिलो टेष्टमा आफ्नो इतिहासकै खराब प्रर्दशन गरेको छ । पहिलो टेष्टको तेस्रो दिन भारत अष्ट्रेलियाविरुद्ध दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट हुँदा खराब प्रदर्शनको कीर्तिमान बनेको छ । यो भारतले आफ्नो टेष्ट इतिहासमा गरेको सबैभन्दा खराब प्रर्दशन पर्दछ ।
यसअघि भारतले सन् १९७४ मा टेष्टको एकै इनिङमा सबैभन्दा कम रन लर्ड्समा इंग्ल्यान्डविरुद्ध बनाएको थियो । त्यति बेला भारत दोस्रो इनिङमा १७ ओभरमा ४२ रनमा अल आउट भएको थियो । त्यसअघि भारत १९४७ मा अष्ट्रेलियाविरुद्ध ५८ रनमा अल आउट भएको थियो ।
टेष्ट इतिहासकै सबैभन्दा कम रन बनाउने कीर्तिमान न्युजिल्यान्डको नाममा छ । १९५५ मा न्युजिल्यान्ड घरेलु मैदान अकल्यान्डमा इंग्ल्यान्डविरुद्ध २६ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका चार पटक सबैभन्दा कम योगफलमा समेटिएको छ । दक्षिण अफ्रिका १८९६ मा ३० रनमा समेटिएको थियो । १९२४ मा दक्षिण अफ्रिका इंग्ल्यान्डविरुद्धनै ३० रनमा अल आउट भएको थियो ।
१८९९ मा दक्षिण अफ्रिका केप टाउनमा इंग्ल्यान्डविरुद्धनै ३५ रनमा अल आउट भएको थियो । १९३२ मा दक्षिण अफ्रिका अष्ट्रेलियाविरुद्ध मेलबर्नमा ३६ रनमा अल आउट भएको थियो । सन् १९०२ मा अष्ट्रेलिया इंग्ल्यान्डविरुद्ध ३६ रनमा अल आउट भएको थियो ।
समग्रमा भारतले टेष्ट इतिहासमा बनाएको चौथो कम स्कोर पर्दछ । अष्ट्रेलियाविरुद्ध यसटपक भारतका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका मयंक अग्रवालले सर्वाधिक ९ रन बनाए । भारतलाई सस्तैमा समेट्न अष्ट्रेलिया तीब्र गतिका बलर जोश हेजलवुडले ५ र प्याट कमिन्सले ४ विकेट लिएका थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]