4 years ago
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कुमार थापाको घातक बलिङसँगै बारा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको सेमिफाइनलमा पुगेको छ ।
बाराले शुक्रबार रौतहटलाई १ सय ४५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कलैयामा टस जितेर पहिला ब्याटिङ थालेको बाराले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । बाराका निखिल सिंहले १ सय ११ बलमा ६ चौका सहित सर्वाधिक ६७ रनको योगदान दिए । समिर नेपाल ४४, तृतराज दास ३१ र रवि शाह २१ रनमा आउट भए । रौतहटका सञ्जय शाहले सर्वाधिक २ विकेट लिए ।
जितका लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको रौतहट २९.२ ओभरमा १ सय रनमा अल आउट भएको थियो । रौतहटका सञ्जय शाहले ३४ र सन्नी शाहले २४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
बाराका स्पिनर कुमार थापाले ८.२ ओभरमा २ मेडन राख्दै ३५ रन खर्चेर ६ विकेट लिए । कुमार प्लेयर अफ द म्याच चुनिए । नविन आलम र आदिल अन्सारीले २–२ विकेट लिए । योसँगै समूह ए बाट धनुषा र सप्तरी सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट पर्सा र बाराले सेमिफाइनलमा स्थान बनाएका छन् ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]