4 years ago
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अछामले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोटको उपाधि जितेको छ ।
अछामले फाइनलमा बैतडीलाई १५ रनले हराउँदै उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३८ ओभरमा १ सय ६४ रनमा अल आउट भएको थियो । अछामका सुरज तिरुवाले ६३ बलमा ८ चौका सहित ६१ रनको योगदान दिए । अमित खड्क २० र सुरज दमाई २४ रनमा आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । बैतडीका दीपेन्द्र ऐरी र खडक बोहराले ३–३ विकेट लिए । गजेन्द्र बोहरा २ र राम चन्दले १ विकेट लिए ।
जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बैतडी २८.१ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । बैतडीका प्रदीप चन्दले ३०, गजेन्द्र बोहरा २२, खडक बोहरा १० र विरेन्द्र नाथले २७ रनको योगदान दिए । अछामका सुरज तिरुवाले ३, दीपक विष्ट र बिक्रम थापाले २–२ विकेट लिए ।
प्रतियोगितामा कुल १ सय ४० रन बनाएका कञ्चनपुरका युवा आक्रामक ब्याट्सम्यान किरण ठंगुन्ना सर्वोत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । डडेल्धुराका कप्तान सन्तोष भट्ट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) चुनिए । उनले प्रतियोगिता भर ८ विकेट लिनुको साथै १ सय २० रन बनाए । प्रतियोगितामा सर्वाधिक ११ विकेट लिएका बैतडीका खडक बोहरा सर्वोत्कृष्ट बलर घोषित भएका छन् । आगमी प्रधानमन्त्री कपको लागि सुदूरपश्चिमले खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गर्ने छ ।
बैतडी समूह ए र अछाम समूह बी को विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका थिए । समूह ए मा बैतडी, कैलाली, बझाङ र दार्चुला थिए । समूह बी मा अछाम, कञ्चनपुर, डडेल्धुरा र डोटी थिए ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]