default_image

4 years ago

December 18, 2020

पाकिस्तानमाथि न्युजिल्यान्डको सहज जित

83 views

0 Bookmark

एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टि२० खेलमा न्युजिल्यान्डले ५ विकेटको सहज जित निकालेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्यान्डले तीन टि२० खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा विकेटकिपर तथा ओपनर टिम सिफर्टले ४३ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए ।

मार्क च्यापम्यान ३४, ग्लेन फिलिप्स २३ र मार्टिन गुप्टिल ६ रनमा आउट भए । जेम्स निसम १५ र कप्तान मिचेल सान्टनरले १२ रनको योगदान दिए । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शाहिन अफ्रिदीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि इडेन पार्क अकल्यान्डमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । एक समय ८.२ ओभरमा ३९–५ को अवस्थामा पुगेको पाकिस्तानलाई तल्लोक्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दै इनिङ उकासेका थिए ।

कप्तान सादब खानले ३२ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ४२ रनको योगदान दिए । फहिम अशराफले १८ बलमा २ चौका र ३ छक्का सहित ३१ रनको योगदान दिए । मोहम्मद रिजवान १७, खुसदिल शाह १६, इमाद वासिम १९ र शाहिन अफ्रिदीले १० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।

न्युजिल्यान्डका लागि डेब्यु खेल खेलेका ज्याकोब डुफीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिदै म्यान अफ द म्याच चुनिए । स्कर्ट कुग्लेजाइनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । दोस्रो खेल आइतबार हुने छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.