4 years ago
December 17, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध चार टेष्ट खेलको सिरिज अन्तर्गत पहिलो टेष्ट खेलमा भारतले पहिलो दिन कमजोर प्रर्दशन गरेको छ ।
एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तीमा पहिलो इनिङमा ८९ ओभरमा २३३–६ को अवस्थामा छ । ऋद्धिमान शाह ९ र रविचन्द्र आश्विन १५ रनमा अविजित छन् ।
भारतको सुरुवात भने खराब रह्यो । ओपनर पृथ्वी शालाई पहिलो ओभरको दोस्रो बलमा तीव्र गतिका बलर मिचेल स्टार्कले शून्यमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि मयंक अग्रवाल र चेतेश्वर पुजाराले १ सय ८ बलमा ३२ रनको साझेदारी गरे । १९ औं ओभरको पहिलो बलमा प्याट कमिन्सले अग्रवाललाई १७ रनमा बोल्ड आउट गर्दै अष्ट्रेलियालाई दोस्रो सफलता दिलाए । अग्रवालले ४० बलमा २ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि पुजारा र कोहलीले १ सय ९१ बलमा ६८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । यी दुई बीचको साझेदारी ५० औं ओभरमा स्पिनर नाथन लायनले मार्नस लाबुसेनबाट पुजारालाई ४३ रनमा क्याच गराउँदै तोडेका थिए । पुजाराले १ सय ६० बलमा २ चौका प्रहार गरे ।
७७ औं ओभरमा कप्तान विराट कोहली ७४ रनमा रन आउट हुन पुगे । कोहलीले १ सय ८० बलमा ८ चौका प्रहार गरे । पहिलो दिनको अन्तिम समयतिर स्टार्कले रहाणेलाई ४२ रनमा एलबिडब्लू आउट गरे । रहाणले ९२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
चौथो विकेटका लागि कोहली र रहाणेले ८८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए । हनुमा विहारीलाई जोश हेजलवुडले १६ रनमा एलबिडब्लू आउट गरेपछि भारत पहिलो दिनमै संघर्ष गरेको छ । अष्ट्रेलिया मिचेल स्टार्कले २, नाथन लायन र जोश हेजलवुड, प्याट कमिन्सले एक एक विकेट लिएका छन् ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]