default_image

4 years ago

December 17, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

96 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको थियो । आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति पुष्टि गरेको छ ।

ह्वाटमोरको सम्झौता पहिलो चरणमा एक वर्षको हुने बुझिएको छ । उनको मासिक तलब खुलाउन नमिल्ने बताइएको छ । उनको सबै खर्च हेर्दा १० हजार भन्दा बढी अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

ह्वाटमोरको उमेर ६६ वर्ष भएपनि आइसीसीलाई कुनै आपत्ति नरहेको बुझिएको छ । सम्झौता अवधिमा पनि आइसीसीले कुनै चासो राखेको छैन ।

नेपाली क्रिकेट टोलीको पछिल्लो समयको स्तर खस्किदै गएको छ । अर्कोतर्फ ब्याटिङ समस्या परम्परा रोग बन्दै आएको छ । त्यसैले गर्दा क्यानले वाटमोरलाई ल्याउने सोचमा पुगेको बुझिएको छ । पहिलो चरणमा सम्झौता एकवर्ष हुने छ । टोलीमा उनको प्रभाव देखिए सम्झौता थपिने छ ।

कुल ७२ जनाले नाम नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । जसमा १५ जनाको नाम अन्तरवार्तामा बोलाएको थियो । १२ जना उपस्थित थिए । नेपाली क्रिकेट झण्डै एकवर्ष देखि विदेशी प्रशिक्षकविहिन छ । गत माघमा आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको एक दिवसिय त्रिकोणात्मक सिरिजसँगै भारतीय उमेश पटवालले राजीनामा दिएका थिए । आफ्नो पारिश्रमिकमा सम्झौता भन्दा बढी कर लगाएको भन्दै राजीनामा दिएका थिए ।

पटवालको आठ महिना अवधीमा नेपालले निराशजनक प्रर्दशन गरेको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य प्रशिक्षक जगत टमटाले सम्हाल्दै आएका छन् । नेपाली क्रिकेट टोली हाल कीर्तिपूर मैदान टीयूमा बन्द प्रशिक्षणमा छ । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत एक दिवसिय त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ ।

को हुन् डेभ ह्वाटमोर ?

सन् १९५४ मार्च १६ मा कोलोम्बोमा जन्मेका ह्वाटमोर अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान हुन् । उनले सन् १९७९ मार्चमा अष्ट्रेलियाबाट पाकिस्तानविरुद्ध मेलबर्नमा टेष्टमा डेब्यू गरेका थिए । तर लामो यात्रा गर्न सकेनन् । उनले त्यसैवर्ष नोभेम्बरमा मुम्बईमा भारतविरुद्ध अन्तिम टेष्ट खेल खेलेका थिए । उनले एक मात्र डेब्यू ओडिआई सन् १९८० मा वेस्टइन्डिजविरुद्ध जनवरीमा गरेका थिए ।

ह्वाटमोरले ७ टेष्टमा १३ इनिङमा ब्याटिङ गर्दै २ अर्ध शतक सहित २ सय ९३ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ७७ रन छ । १ सय ८ प्रथम श्रेणी खेलमा उनले १० शतक र ३५ अर्ध शतक सहित ६ हजार १ सय १६ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन १ सय ७० रन छ । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीको रुपमा लामो यात्रा गर्न नसकेपनि प्रशिक्षकमा तीन दशक बिताई सकेका छन् ।

ह्वाटमोरले सन् १८८९ देखि प्रशिक्षण थालेका थिए । ह्वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसिय विश्वकप जितेको थियो । सन् २००३ देखि २००७ सम्म बंगलादेशमा प्रशिक्षकको रुपमा काम गरेका थिए । बंगलादेशले सन् २००७ मा एकदिवसिय विश्वकपमा भारत र दक्षिण अफ्रिकालाई हराएको थियो ।

आइपिएलमा २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा काम गरेका थिए । सन् २०१२ मार्चमा पाकिस्ताको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप जितेको थियो । सन् २०१४ डिसेम्बरमा जिम्बावेको टोली सम्हालेका उनले २०१६ मे मा छोडेका थिए । २०२० फ्रेबुअरीमा सिंगापुरको प्रशिक्षकको रुपमा नियुक्त हुँदै केहि समय काम गरेका थिए ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.