4 years ago
December 17, 2020
एजेन्सी – भारत र अष्ट्रेलियाबीच बोर्डर-गावस्कर टेस्ट सिरिजको पहिलो टेस्टमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ ।
कप्तान विराट कोहलीले सिरिजको एक मात्र खेल खेल्दैछन् । उनले यस खेलका लागि ओपनरमा पृथ्वी शा र विकेटकीपरमा ऋद्धिमान शाहलाई मौका दिएका छन् । ओपनरका रुपमा शुभमन गिल र विकेटकिपरमा ऋषभ पन्तको सम्भावना रहेको थियो । त्यस्तै भारतले तीन तीव्र गतिका बलरसँगै रवीचन्द्रन आश्विनलाई उतारेको छ ।
एडिलेड ओभलमा अष्ट्रेलियाले चोटको समस्याका कारण ओपनरका रुपमा म्याथ्यु वेडलाई उतारेको छ । डेविड वार्नर र विल पुकोव्सकी दुवै चोटका कारण उपलब्ध छैनन् । त्यस्तै मध्यक्रममा अलराउन्डर क्यामरन ग्रीनले डेब्यु गर्दैछन् । ट्राभिस हेडले पनि मध्यक्रममा ब्याटिङ गर्नेछन् ।
टेस्ट खेल्ने ११ खेलाडी :
भारत : पृथ्वी शा, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्या रहाने, हनुमा विहारी, ऋद्धिमान शाह, रवीचन्द्रन आश्विन, उमेश यादव, मोहमद शामी, जसप्रित बुमराह
अष्ट्रेलिया : जो बर्न्स, म्याथ्यु वेड, मार्नस लाबूसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रिन, टिम पेन, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]