4 years ago
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगितामा राप्तीका तीव्र गतिका बलर अभिनाश बोहरा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट ) घोषित भएका छन् ।
राप्तीलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका अभिनाशले उत्कृष्ट प्रर्दशन गर्दै ३ खेलमा ७ विकेट लिए । अभिनाशले ४५ हजार नगद रुपैयाँ प्राप्त गरे ।
नारायणीका कप्तान तथा तीव्र गतिका बलर करण केसी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । करणले ३ खेलमा ५ विकेट लिएका थिए । करणले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
राप्तीका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । भुर्तेलले ३ खेलमा १ अर्ध शतक सहित १ सय १० रन बनाएका थिए । भुर्तेलले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता सर्वाधिक छक्का प्रहार गर्ने अवार्ड पनि कुशल भुर्तेलले पाए । भुर्तेलले ३ खेलमा १० छक्का प्रहार गरे ।
प्रतियोगिता उदयमान खेलाडी स्पिनर साहब आलम घाषित भए । नारायणीका साहबले ३ खेलमा ७ विकेट लिएका थिए । साहबले १५ हजार नगद रुपैयाँ प्राप्त गरे । मंगलबार राप्तीले नारायणीलाई ९ रनले हराउँदै उपाधि जितेको छ । प्रतियोगितामा राप्ती, नारायणी र बागमतीले प्रतिस्पर्धा गरेका थिए ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]