4 years ago
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राप्तीले गौतम बुद्ध कप प्रतियोगिता उपाधि जितेको छ । मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो ।
जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ३१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले भुवन कार्कीबाट राजु रिजाललाई ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । ईशान पान्डेलाई जितेन्द्र मुखियाले दशौं ओभरको अन्तिम बलमा २७ रनमा लोकेश बमबाट क्याच गराए ।
इशानले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अभिनाश बोहराले १५ औं ओभरको अन्तिम बलमा ओपनर रित गौतमलाई २७ रनमा बोल्ड आउट गरे । रितले ३३ बलमा ४ चौका प्रहार गरे । सन्दीप जोरालाई भुवन कार्कीले शून्यमा बोल्ड आउट गरे ।
सुशन भारी र कप्तान करण केसी एक एक रनमा आउट भए । भुवनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र जितेन्द्र मुखियाको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर साहब आलमले अमितलाई १८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । अमितले १७ बलमा ४ चौका प्रहार गरे । साहबलेनै आठौं ओभरको अन्तिम बलमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई १० रनमा क्याच आउट गराए ।
११ औं ओभरको पहिलो बलमा साहबले कुशललाई ४२ रनमा बोल्ड आउट गरे । उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे । कप्तान विनोद भण्डारी ३३, सुमित महर्जन २२, लोकेश बम ७ र भुवन कार्की ४ रनमा आउट भए ।
नारायणीका स्पिनर शाहव आलमले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । करण केसीको नाममा एक विकेट रह्यो । प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरि तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]