4 years ago
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगिता फाइनलमा राप्तीले नारायणीलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।
राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर साहब आलमले अमितलाई १८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।
अमितले १७ बलमा ४ चौका प्रहार गरे । साहबलेनै आठौं ओभरको अन्तिम बलमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई १० रनमा क्याच आउट गराए । ११ औं ओभरको पहिलो बलमा साहबले कुशललाई ४२ रनमा बोल्ड आउट गरे । उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान विनोद भण्डारी ३२ रनको योगदान दिए । बलिङतर्फ नारायणीका लागि शाहव आलमले तीन विकेट लिँदा सुशन भारीले दुई र कप्तान करण केसीले एक विकेट लिए।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]