default_image

4 years ago

December 15, 2020

सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ प्रस्थान

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०र२१ खेल्न मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।


सन्दीपले यो सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । उनले डिसेम्बरका सबै खेल गुमाउने छन् । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सुरुवाती दुवै खेलमा होबार्ट विजयी भएको छ । अष्ट्रेलिया सरकारको नियम अनुसार १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । जसले गर्दा सन्दीप जनवरीमा बाट खेल्ने छन् ।

कोरोना संक्रमणबाट मुक्त भएर अष्ट्रेलियातर्फ लागेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना छ । १४ दिनको क्वारेन्टिन पछिको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएमा मात्र उनी खेलका लागि उपलब्ध हुनेछन् ।

बिग ब्यासमा गतवर्ष सन्दीपले मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गरेपनि स्टार्सले सन्दीपसँग सम्झौता गरेन । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए ।

अघिल्लो महिना संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइपिएलमा दिल्ली क्यापिटल्सले सन्दीपलाई पुरै खेलमा बेन्चमा राखेको थियो । सन्दीपका लागि बिग ब्यास निकै महत्त्वपूर्ण मानिएको छ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.